असन्तुष्ट युवा नेताहरुद्वारा नेकपा केन्द्रीय कमिटी बैठक माग गर्दै ज्ञापनपत्र

६ मंसिर २०७५, बिहीबार ००:२४ मा प्रकाशित

काठमाडौँ, ५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का असन्तुष्ट युवा नेताहरुले सरकार पार्टी विधि र विधान विपरित चलेको भन्दै तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् ।

सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा आज पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएर केन्द्रीय कमिटी बैठक बोलाउन माग गरिएको नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो । उहाँले बिहीबार बस्ने सचिवालय बैठकबाट तत्काल केन्द्रीय कमिटीको बैठक आह्वान गर्न माग गरिएको बताउनुभयो ।

‘‘पार्टीको माथिल्लो तहमा एकीकरण भए पनि तल्लो तहसम्म भएको छैन,’’ उहाँले भन्नुभयो, ‘‘जसले गर्दा तल्ला तहका नेता कार्यकर्तामा निराशा छाएको छ, त्यसैले केन्द्रीय कमिटी वैठक बसाएर तत्काल पार्टी एकतालाई टुङग्याउनुपर्दछ ।’’ उहाँले बैठक बोलाएर केन्द्रीय कमिटीको कार्यविभाजनसमेत गर्नुपर्ने बताउनुभयो । पार्टी एकीकरण पश्चात् पार्टीको केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । ज्ञापनपत्रमा पोटिलब्यूरो गठन, सरकार र पार्टीबीच सम्बन्ध सुधार गर्नुपर्नेलगायतका माग राखिएका छन् ।

ज्ञापनपत्र बुझ्नै महासचिव पौडेलले सचिवालय बैठकबाट केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरिने बताउनु भएको नेता गैरेले जानकारी दिनुभयो । ज्ञापनपत्र बुझाउन नेकपा केन्द्रीय सदस्य डा विजय पौडेल, गरिमा शाह, रामकुमारी झाँक्री, निरज आचार्यलगायतका नेता पुग्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

धनुषा । प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानीका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशसभा