‘जेष्ठ नागरिकको भत्ता र सुविधा बढाऊ’

१० श्रावण २०६९, बुधबार १५:२५ मा प्रकाशित

काठमाडौ, १० साउन । दिब्यश्वरी नागरिक समाजले जेष्ठ नागरिकलाई दिँदै आएको भत्ता सहितको सुविधा बृद्धिको माग गरेको छ ।
बुधवार राजधानीमा पत्रकार सम्मेलन गरेर समाजले सामान्य औषधी समेत खरिद गर्न नपुग्ने गरी राज्य दिने जेष्ठ नागरिक भत्तालाई बढाई कम्तीमा पनि तीन हजार रुपैया पुर्याउन माग गरेको छ ।
त्यसैगरी अदालतले साठी वर्ष पुगेका नागरिकलाई जेष्ठ नागरिक भत्ता दिनु भनि आदेश दिए पनि राज्यले अहिलेसम्म अदालको आदेश कार्यान्वयन नगरी सत्तरी वर्ष पुगेकालाई मासिक ५ सय रुपैया दिने गरेको भन्दै उनीहरुले अहिलेको मंहगी लगायतालाई ध्यानमा राखी सबैलाई साठी वर्षपछि भत्ता दिने गरी ब्यवस्था गर्न समेत समाजले माग गरेको छ ।
समाजले जेष्ठ नागरिकको सम्मानकोलागी सार्वजनिक सवारी साधनमा निश्चित सिटको ब्यवस्था गरी भाडा दरमा समेत पचास प्रतिसत छुटको माग गरेका छन् । समाजका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले राज्यले पूर्व पदाधिकारीहरुलाई अकुस सेवा सुविधा दिएपनि देशका होनाहार छोरा छोरी जन्माएर योग्य बनाउने बाबु आमालाई भने हेला गरेको भन्दै जेष्ठ नागरिकको सम्मानमा उचित नीति बनाउन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी