सहमतिका लागि दलिय छलफल सुरुवात : नेताहरु

१० श्रावण २०६९, बुधबार १५:१३ मा प्रकाशित

काठमाडौं, १० साउन । विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि दलिय छलफल सुरु भएको एकीकृत माओवादी, नेपाली कांग्रेस र एमालेका नेताहरुले बताएका छन् । एमाले मुख्यालय बल्खुमा आज बसेको यी तीन दलका संयुक्त बैठकबाट बाहिरिदै गर्दा बैठकमा सहभागि नेताहरुले यस्तो बताएका हुन् ।
बैठकको बारेमा जानकारी दिँदै उनीहरुले आजको बैठकले दलहरुबीच सहमति खोज्ने नयाँ कार्यको थालनी भएको प्रतिक्रिय दिए । बैठकको बारेमा जानकारी दिँदै एमाओवादीका नारायणकाजी श्रेष्ठ, काँग्रसमा कृष्ण सिटौला र एमाले महासचिव इश्वर पोखरेलले संयुक्त रुपमा सहमतिका लागि छलफलको थालनी भएको प्रतिक्रिय दिए ।
उनीहरुले बैठकमा संविधानका विवादित अन्तरबस्तु, राष्ट्रिय सहमतिको सरकार र संविधान जारी गर्ने प्रकृयाका बारेमा छलफल भएको बताए । त्यस्तै संविधान जारी गर्ने प्रकृयाका सम्बन्धमा नयाँ निर्वाचनमा जाने भए त्यसमा संसद वा संविधानसभाको निर्वाचन के को गर्ने वा सबै विवादित विषहरुमा सहमति खोजेर केही समयका लागि संविधानसभाको पुनस्थापना गर्ने की भन्ने विषयमा पनि छलफल भएको बताएका छन् ।
स्रोतका अनुसार बैठकमा माओवादीले निर्वाचनको मिति सार्नु पर्ने प्रस्ताव अघि सारेको थियो भने कांग्रेस एमालेले सबै भन्दा पहिले सरकार परिवर्तन गर्नु पर्ने विषयमा अडान लिएका थिए । काँग्रेस एमालेले हालको निर्वाचन घोषणा नै असंबैधानिक रहेकाले सहमतीय सरकार बनेपछि मात्र निर्वाचनसम्वन्धि कानुनको संशोधनपछि मात्र निर्वाचनको अर्को मिति तय गर्ने अडान राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका