गीति एल्बम ‘जानु’ र कथासङ्ग्रह ‘नउघ्रेको जून’ लोकार्पण

४ मंसिर २०७५, मंगलवार ००:२१ मा प्रकाशित

काठमाडौँ, ३ मङ्सिर । साहित्यकार जानु काम्बाङ लिम्बूको गीति एल्बम ‘जानु’ र कथासङ्ग्रह ‘नउघ्रेको जून’ आज लोकार्पण भएको छ ।
नेपाली वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकार वैरागी काइँलाले आफूभित्र भएको सिर्जनात्मक क्षमतालाई मार्न नहुने बताउनुभयो । “ आफ्नो सिर्जनामार्फत भावी पुस्तालाई समाजबारे जानकारी गराउनैपर्छ”, उहाँले भन्नुभयो ।
पुस्तकको समीक्षा गर्दै साहित्यकार बिना थिङले सङ्ग्रहमा लिम्बू समुदायको कथालाई बढी प्राथमिकता दिइनु सकारात्मक पक्ष रहेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष शशि लुमुम्बूले साहित्यका क्षेत्रमा लेखिकाको भविष्य उज्ज्वल रहेको बताउनुभयो । सो एल्बममा ‘गर्नु छ एउटा कुरा’ र ‘कैयौं प्यासी रातहरु’ गरी दुई गीत तथा कथासङ्ग्रहमा २० कथा समाविष्ट छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित