नेविसंघ र अखिल क्रान्तिकारीबीच कुटाकुट

१० श्रावण २०६९, बुधबार १४:२९ मा प्रकाशित

भक्तपुर, १० साउन । भक्तपुरको सानो ठिमीस्थित शिक्षा क्याम्पसमा आज नेपाली कांग्रेस समर्थक विद्यार्थी संघ र एमाओवादी समर्थक अनेरास्ववियु क्रान्तिकारीबीच कुटाकुट भएको  छ । कुटाकुटमा नेविसंघका आधा दर्जन कार्यकर्ता घाईते भएका छन् । घाईते हुनेमा नेविसंघका एञ्जल कार्की, सन्तोष बस्नेत, साजन श्रेष्ठ, सचिन श्रेष्ठ, रामचन्द्र खत्री, शिव श्रेष्ठलगायतका छन् ।

नेविसंघले क्याम्पसमा भएको अनियमितताको विरोध गर्ने क्रममा अखिल क्रान्तिकारीका समर्थकले आक्रमण गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले बताए । आफ्ना कार्यकर्ता माथि आक्रमण हँदा नजिकै रहेको प्रहरी रमिते मात्र भएको लामिछानेले बताए । उता, अखिल क्रान्तिकारीले भने नेविसंघका कार्यकर्ताबाट आफूहरु माथि पनि आक्रमण भएको  दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार