उषा र अनिरुद्ध शृङ्गार नाच

२९ कार्तिक २०७५, बिहीबार २२:५१ मा प्रकाशित

ललितपुर, २९ कात्तिक । पाटनमा गत सोमबारदेखि शुरु भएको कात्तिक नाचअन्तर्गत आज उषा व अनिरुद्र शृङ्गार (उषा र अनिरुद्धको नाच) देखाइएको छ ।

उषाहरण लीलाअन्तर्गत देखाइने पाँच नाचमध्ये सो नाच पनि एउटा भएको कात्तिक नाच संरक्षण समितिले जनाएको छ । सो नाच उषा र अनिरुद्धबीचको प्रेममा आधारित छ । उषा वाणासुरकी छोरी र अनिरुद्ध कृष्णका नाति हुन् । सो नाच शिक्षामूलकभन्दा पनि मनोरञ्जन दिने खालको छ । कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले भन्नुभयो, “ यो नाचको पाँच दिनसम्म निरन्तर पाँच शृङ्खला देखाइन्छ ।”

उषाहरण लीलामा सबैभन्दा बढी कलाकारको सहभागिता हुन्छ । यसमा ६० कलाकार सहभागी हुन्छन् । नाच साँझ ७ बजेदेखि शुरु हुन्छ । उहाँले भन्नुभयो, “पहिले राति १०÷११ बजे शुरु हुनेमा अहिले समय सरेको छ ।”

अघिल्ला केही वर्ष जसरी नै यस वर्ष पनि नाच १२ दिनसम्म चल्नेछ । नाचको पहिलो दिन ‘बाःथ प्याखँ’ (बाठोको नाच) नाचअन्तर्गतको ‘ल्यव लायेगु’(नाठो पक्रनु) र दोस्रो दिन ‘खुशी छिकेगु’(नदी तर्नु) देखाइएको थियो । तेस्रो दिन उषाहरण लीलाअन्तर्गतको ‘वाणासुरयात सहस्रभुज वरदान नाच’(वाणासुरको हजार हात वरदान नाच) देखाइयो । उषाहरण लीलाअन्तर्गतकै ‘देवी प्याखँ’(देवीनाच) ‘युद्ध कला’ र ‘वाणासुरया सहस्रभुज त्वाल्हाइगु’(वाणासुरको हजार हात काट्नु) नाच यसमा छन् । आइतबारसम्म उषाहरण लीलाअन्तर्गतका नाच देखाइएपछि सोमबार ‘मधुकैटभ बध’ देखाइने भएको छ ।

मङ्गलबार बराह अवतारको ‘हिरण्याक्ष’ देखाइनेछ । अर्काे साता बुधबार नाचमा सबैभन्दा धेरै आगन्तुकले रुचाउने नृसिंह अवतारको ‘हिरण्यकश्यप बध’ देखाइने भएको छ । बिहीबार ‘वस्त्रहरण लीला’ र अन्तिम दिनमा ‘दधि लीला’ देखाइने नाच संरक्षण समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी