निर्वाचनको मिति सार्ने तयारीमा सरकार

१० श्रावण २०६९, बुधबार १२:४६ मा प्रकाशित

काठमाडौ, १० साउन । सरकारले संविधानसभा निर्वाचको मिति साने तयारी गरेको छ । उसले निर्वाचको मिति सार्नका लागि विपक्षि दलहरुसंग छलफल गर्ने औपचारी निर्णय समेत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा आज विहान बसेको सत्तारुढ दल एमाओवादी र मधेशकेन्द्रीत दलबीचको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यसअघि मंसिर सात गते संविधानसभाको निर्वाचन गर्ने मिति सार्वजनिक गरेको थियो । सत्तारुढ दलको बैठकले मसिंर ७ मा निर्वाचनको वातावरण नबने प्रमुख विपक्षी दललाइ सहमतिमा लिएर तिथी तोक्ने बैठकले निर्णय गरेको बैठकमा सहभागि मोर्चाका नेता एंव स्वास्थ्य मन्त्री राजेन्द्र महतोले बताए ।
कांग्रेस र एमालेले बुधबार माओवादीसंग निर्णायक वार्ता बस्ने बताइ रहेको बेला सत्तारुढ गठबन्धनले निर्वाचन लगायतका विषयलाई जोड दिएको छ । नयाँ निर्वाचनमा वा संविधानसभा पुनःस्थापनाका विषयमा विपक्षी दल सहमतिमा आउनुपर्ने सत्तारुढ घटकको जोड छ ।
महतोका अनुसार निर्वाचनलाई प्राथमितामा राखेर विपक्षी दलसंग छलफल गर्ने बैठकको निष्कर्ष छ । उनल भने ‘मसिंर ७ मा निर्वाचन हुन नसके कहिले गर्ने भन्ने विषयमा विपक्षी दलसंग सहमति खोजिने छ ।’ सत्तारुढ गठबन्धन संविधानसभाको निर्वाचन गर्ने त्यसलाई पछि व्यवस्थापिका संसदमा रुपान्तरित गर्न सकिने पक्षमा रहेका छन् ।
यसैबीच प्रमुख तीन दल एमाओवादी, कांग्रेस र एमालेको बैठक एमाले पार्टी कार्यालय बल्खुमा बसिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री