मातृभूमिको लागि प्रवाशी नेपालीको नौलो अभियान, ‘हामी नेपाली ग्लोबल’ न्युयोर्कबाट सुरु

२३ कार्तिक २०७५, शुक्रबार ०७:०१ मा प्रकाशित

लसएन्जलस, २३ कात्तिक । धर्म, राजनीति र सम्प्रदायमा विभक्त हुँदै आएको प्रवाशी नेपालीको विभाजित परम्परालाई तोड्दै स्वतन्त्र भावनाले संगठित भएका संसारभरिका नेपालीहरुको संस्था हामी नेपाली ग्लोबलले समृद्ध मातृभूमि निर्माण अभियानका लागि आर्थिक लगानी, शिप तथा दक्षता हस्तान्तरण र लोक कल्याणकारी कार्य गर्ने उद्धेश्यले विश्वको आर्थिक राजधानी न्युयोर्क शहरमा आगामी नोभेम्बर २४ तारिखका दिन नेतृत्व र कार्यक्रम सार्वजनिक गर्ने भएको छ । संस्थापक एवं अभियन्ता टेक वाइवा लामाले दिएको जानकारी अनुसार धर्म, राजनीति र सम्प्रदायमा विभक्त हुँदै आएको प्रवाशी नेपालीको विभाजित मानसिकता तोड्दै मातृभूमिको सेवामा समर्पित प्रबुद्ध गैर आवासीय नेपालीलाई संगठित गर्दै आर्थिक समृद्धि, सांस्कृतिक पहिचानको निरन्तरता, नेपाली जातिको एकता र सहकार्यको लागि सवै गैर आवासिय नेपालीको अभाव र चाहना महसुस पुरा गर्न संसारभरिका नेपालीहरु संलग्न रहेको सामाजिक संस्था हामी नेपाली ग्लोबल अभियान सुरु गर्न लागिएको जानकारी दिनु भयो । अभियन्ता लामाका अनुसार संसारभरिका प्रबुद्ध नेपालीहरु संस्थाको अभियानमा जोडिएको र इच्छुक प्रवाशी नेपालीहरु यो अभियानमा संलग्न हुन सक्ने बताउनु भयो । अभियन्ता लामाले संसारभरिका प्रबुद्ध नेपालीहरुलाई हामी नेपाली ग्लोबल अभियानमा जोडिएर मातृभूमिको हितमा काम गर्न आग्रह गर्दै आगामी नोभेम्बर २४ तारिखका दिन विश्वको आर्थिक राजधानी न्युयोर्क शहरमा आयोजना हुने संस्थाको पहिलो नेतृत्व चयन सार्वजनिकीकरण समारोहमा सहभागी हुन समेत अनुरोध समेत गर्नु भएको छ। संस्थाले दिएको जानकारी अनुसार प्रवाशी नेपालीको हितमा सामुहिक लगानीको अवसर, संभावना र मातृभूमिको हितमा लगानी र लोककल्याणको कार्य संचालन गर्न नेपाल सरकार र त्यसका निकायसंग समन्वय सुरु गरिसकिएको र प्रवाशी नेपालीको विदेश स्थित संघ संस्थासंग साझेदारीको पहल समेत सुरु भैसकेको छ । संस्थाले प्रवाशमा रहेर ज्ञान, शिप र दक्षता हाँसिल गरेका प्राज्ञ, विज्ञ र प्राबिधिक जनशक्तिलाई यो अभियानमा जोडिन आव्ह्वान गरेको छ । संस्थाले विदेशमा रहेका नेपालीहरुलाई एकताको सुत्रमा जोड्न र सामजिकिरणको अभियान सुरु गर्न विश्वव्यापी संजाल निर्माण गर्दै अमेरिकी राज्यहरु र सम्बन्धित देशहरुमा च्याप्टर निर्माणको प्रक्रिया समेत सुरु भैसकेको भएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय