‘दोषी पत्ता नलागे परिवारसहित धर्नामा बस्छु’

१९ कार्तिक २०७५, सोमबार ०१:१३ मा प्रकाशित

कञ्चनपुर, १८ कात्तिक । बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता नलगाइए परिवारसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बस्ने बताएका छन् । निर्मलाको हत्या भएको १०२ दिनपछि आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उहाँले तिहारसम्म हत्यारा सार्वजनिक नगरे कात्तिक २५ गतेदेखि धर्नामा बस्ने बताएका छन् ।

वास्तविक हत्यारा पत्ता लगाई सरकारले न्याय दिनुपर्छ उहाँले भन्नुभयो, “धर्ना बसेर पनि न्याय नपाइए आमरण अनशन बस्छु ।” सबैको सहयोग यसअघि पनि पाएको उल्लेख गर्दै उहाँले अझै सहयोगको आशा रहेको बताउनुभयो ।

तत्काल वास्तविक दोषी पत्ता लगाउनुपर्ने उहाँको माग रहेको छ । विभिन्न अनुसन्धान टोली गठन गरी छानबिन शुरु गरिए पनि अहिलेसम्म वास्तविक दोषी पत्ता लाग्न सकेको छैन । साथीलाई भेट्न गएकी निर्मलाको गत साउन १० उखुबारीमा शव फेला परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका ११२ जना यात्रुलाई विमानस्थलबाट फर्काइएको छ । विभिन्‍न देशमा जानका लागि