प्रतिरोधका लागि बन्दुक उठाउँछौं : चन्द

१० श्रावण २०६९, बुधबार १२:२१ मा प्रकाशित

काठमाडौं, १० साउन । नेकपा–माओवादी सचिव तथा जनसेवक केन्द्रका इन्चार्ज नेत्रविक्रम चन्दले बन्दुक उठाउने चेतावनी दिएको छ । चितवनको भरतपुरमा आज आयोजना गरेको कार्यक्रममा सचिव चन्दले राष्ट्रियताका विषयलाई लिएर गरिने आन्दोलनमा राज्यले दमन गर्न खोजे प्रतिरोधका लागि बन्दुक उठाइने बताएका हुन् ।

कार्यक्रममा विभिन्न सययमा नेपाल सरकारले भारत सरकारसंग राष्ट्रघात हुनेगरी गरिएका सबै खाले गरिएका सन्धी सम्झौता बिरुद्ध पार्टीले तत्कालै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनीक गर्ने पनि जानकारी दिए । उनले विप्पा, उपल्लो कर्णाली, अरुण तेस्रो र कोसी बाँध जस्ता सम्झौता खारेजीका लागि आन्दोलन गर्न लागिएको जानकारी दिए । राज्यका विभिन्न क्षेत्रबाट भइरहेका भ्रष्टाचार, कालोबजारी, चेलिबेटी बेचबिखन र लुटपाट बिरुद्ध पनि प्रभावकारी संघर्ष संचालन गर्ने जानकारी गराए । राजनीतिक निकासका लागि नेकपा–माओवादीले अघि सारेको सर्वपक्षीय गोलमेच सभा र अन्तरिम सरकारलाई उपयुक्त र बस्तुवादी विकल्प रहेको चन्दको तर्क थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्