चुरेभावर यूवा संघ गठन

१० श्रावण २०६९, बुधबार १०:३६ मा प्रकाशित

काठमाडौं, १० साउन । मधेस आन्दोलनको प्रतिकारबाट जन्मिएको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालको यूवा भातृसंगठन चुरेभावर राष्ट्रिय यूवा संघ नेपाल गठन भएको छ ।
सो पार्टीको हालै बसेको केन्द्रीय कार्य समितिको निर्णय अनुसार शंकर थापाको अध्यक्षतामा १०९ सदस्यीय केन्द्रीय कमिटि गठन गरिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केन्द्रीय कमितिमा ७५ जिल्लाबाट एक एक जना, विकास क्षेत्रबाट एक एक जना र ३३ प्रतिसत महिला सहभागिता गराई १०९ सदस्य बनाईएको हो ।
संघले विकास निर्माण र जनताको सुरक्षाकोलागी यूवाहरुलाई संगठित गर्दै त्यस विरुद्ध लाग्ने जो कोहीका विरुद्ध संघर्ष गर्ने विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । पार्टीले गठन गरेको शान्ति सेनासँग सहकार्य गर्दै नेपाल र नेपाली जनतामाथि हुने सबै खाले विभेद, भेदभाव, अन्याय अत्याचारका विरुद्ध जनताको अधिकार रक्षाको पक्षमा लाग्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ ।

काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको

कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ ।