पिपिएलमा बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुजको जित

१२ कार्तिक २०७५, सोमबार ००:०८ मा प्रकाशित

कास्की, ११ कात्तिक । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका छन् । प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गर्ने क्रममा बुटवलले पोखरा पल्टनलाई ३३ रनले पराजित गर्न सफल भयो ।

पोखरा रङ्गशालाको खेल मैदानमा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको बुटवलले २० ओभरको खेलमा सात विकेट गुमाएर १५० रन बनायो । जितका लागि १५१ रनको लक्ष्य पाएको घरेलु टोली पोखराले पूरै ओभर खेल्दै नौ विकेट गुमाएर ११७ रन मात्र बनाउन सफल भयो । पोखराका मोहम्मद नाविदले चार ओभरमा २० रन खर्चिदै तीन विकेट लिएका थिए ।

प्रतियोगितामा आजको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्समाथि ७८ रनको जित दर्ता गरायो । निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८२ रन जोडेको धनगढीले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर टाइटन १६ ओभरको चौथो बलमा सबै विकेट गुमाउँदै १०४ रनमै समेटिएको थियो । विराटनगरका छ ब्याट्सम्यान दोहोरो अङ्कको रन नबनाई पेभिलियन फर्किएपछि धनगढीले सहज जित दर्ता गर्न सफल भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल