महासेनानी बस्नेतको सपना चकनाचुर

१० श्रावण २०६९, बुधबार १०:२० मा प्रकाशित

काठमाडौ, १० साउन । सहायक रथीमा बढुवा हुने नेपाली सेनाका महासेनानी राजु बस्नेतको सपना चकनाचुर हुने भएको छ । महासेनानीबाट बढुवाका लागि रक्षा मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषदका कार्यलयमा पठाएको बढुवा फाइल पुनः रक्षामै पठाएपछि बस्नेतको सहायक रथीमा बढुवा हुने सपना चकनाचुर भएको हो ।

नेपाली सेनाको मुख्यालयको सिफारिसमा रक्षा मन्त्रालयले बस्नेतसहित तीन कर्णेललाई सहायकरथीमा बढुवाका लागि प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पठाएको थियो । तर, प्रधानमन्त्री कार्यालयले बस्नेतको फाइल फिर्ता पठाएको छ । स्रोतका अनुसार बस्नेतसँगै महासेनानीद्वय गौरव तण्डुल र प्रभुराम शर्माको बढुवाका लागि सिफारिस गरिएको थियो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तण्डुल र शर्माको बढुवा प्रस्तावउपर निर्णेयका लागि आगामी मन्त्रिपरिषद् बैठकमा पेस गरिने छ ।
मानव अधिकार उल्लंघन अभियोग लागेकाले बस्नेतको बढुवासम्वन्धी फाइल प्रधानमन्त्री कार्यालयले फिर्ता पठाएको हो । बस्नेतलाई भैरवनाथ गणको गणपति हँदा ४९ जना माओवादी कार्यकर्ता बेपत्ता बनाएको अभियोग लागेको छ । त्यतिबेला त्यहाँ बन्दी बनाइएका कृष्ण केसीलगायत बेपत्ता परिवारले प्रधानमन्त्री बाबुराम भट्टराईसंग भेट गरी बस्नेतको बढुवा नगर्न दबाब दिएका थिए ।
राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको नेपालस्थित कार्यालय (ओएचसीएचआर) ले पनि आफ्नो प्रतिवेदनमा बस्नेत भैरवनाथमा लेफटनेन्ट कर्र्णेल (प्रमुख सेनानी) रहेका बेला ४९ जनालाई बेपत्ता पारिएको र त्यसमा उनको प्रमुख भूमिका रहेको ठहर गरेको थियो । कार्यालयले सन् २००६ मा सार्वजनिक गरेको प्रतिवेदनमा अनुसन्धान नसकिंदासम्म बस्नेतलाई निलम्बन गर्न सरकारलाई सिफारिस समेत गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको