राजश्व असुली बढेको अर्थमन्त्रालयको दाबी

१० श्रावण २०६९, बुधबार १०:०० मा प्रकाशित


काठमाडौं, १० साउन । आर्थिक वर्ष २०६८्र र ६९ मा २ अर्ब भन्दा बढी राजस्व असुली भएको अर्थमन्त्रालयले जनाएको छ । २ खर्ब ४१ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी २ खर्ब ४४ अर्ब १४ करोड राजस्व असुली भएको दाबी मन्त्रालयको छ । आ.व. ०६७र०६८ को तुलनामा गत वर्ष २२ दशमलव २ प्रतिशतले राजस्व संकलन वृद्धि भएको हो । अघिल्लो वर्ष राजस्वको वृद्धिदर ११ दशमलव ६ प्रतिशत थियो । दुई खर्ब १६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य भएपनि अघिल्लो वर्ष दुई खर्ब मात्रै राजस्व असुली भएको थियो ।

यसरी राजश्व बढ्नुमा मुलतः बक्यौता राजस्व असुलीमा प्राथमिकता दिएको र घर बहाल कर, मूल्य अभिवृद्धि करको नक्कली बिल छानबिन प्रकरणले भूमिका खेलेको बताइएको छ । भ्याटको ७१ अर्ब ९७ करोड असुली भएको प्रारम्भिक अनुमान छ भने राजस्व असुलीको आकारका दृष्टिकोणले दोस्रोमा रहेको आयकर ५२ अर्ब ५५ करोड असुली भएको छ । यो कुल राजस्व असुलीको २२ दशमलव ७ प्रतिशत हिस्सा हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से