शिविर खाली गर्ने प्रक्रिया भोलि सकिने

२९ फाल्गुन २०६८, सोमबार १८:५४ मा प्रकाशित

काठमाडौ, २९ फागुण । माओवादी लडाकु शिविर खाली गर्ने प्रक्रिया भोलि सकिने भएको छ । लडाकूहरुलाई तोकिएको शिविरमा स्थानान्तरण गरिने काम सकिएपनि भौतिक संरचनाको लगत, त्यसको हस्तान्त्रण, सिन्धिुलीका २ वटा शिविरमा बाँकी रहेकाले भोलि काम सकिने छ । लडाकूहरु विदामा रहेको, भौतिक संरचनाको लगत नसकिएका केही प्राविधिक कामले सिन्धुलीस्थित दोस्रो डिभिजनका रानीबास र खयरबारी सहायक शिविरहरु खाली गर्न ढिलाई भएको माओवादी लडाकु रेखदेख, समायोजन, पुनस्थापना विशेष समितिको सचिवालयका संयोजक वालानन्द शर्माले जातनकारी दिनुभयो । भोलि नै काम सकेर बेलुका बस्ने समायोजन विशेष समितिको बैठकमा प्रतिवेदन पेश गरिने पनि शर्माले बताउनुभयो । ७ मुख्य र २१ सहायक गरी २८ वटा शिविरहरुमध्ये १३ वटा सहायक शिविरलाई खाली गरिएपछि माओवादी लडाकूहरु अब १५ वटामा सीमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर