नयांदिल्लीमा नेपाली नेताको लर्को

१० श्रावण २०६९, बुधबार ०६:४० मा प्रकाशित

काठमाडौं, १० साउन । मुलुक राजनीतिक र संवैधानिक रुपले अवरुद्ध हुन पुगेपछि विभिन्न राजनीतिक दलका नेताहरू लर्को लागेर नयांदिल्ली धाउन थालेका छन् । गत साता नेपाली काङ्गे्रसका नेता डा. शेखर कोइराला भारतको राजधानी नयांदिल्ला पुगी त्यहां विभिन्न दलका नेताहरूसंग छलफल गरे । कोइरालाले भारतीय नेताहरूसंग नेपालबारे एकीकृत धारणा बनाउन आग्रह गरेको बुझिएको छ । उनले व्यक्तिगत भेटघाट भन्दै एक साताको दिल्ली बसइका क्रममा लगभग एक दर्जन भरतीय नेतहहरुसंग भेटघाट गरेको बुझिएको छ । यसैगरी गत आइतबार नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओली र तमलोपा नेता हृदयेश त्रिपाठी नयांदिल्ली प्रस्थान गरेका छन् । तमलोपाका अर्का नेता जितेन्द्र सोनाल पनि नयांदिल्लीमै छन् भने नेकपा–माओवादीका नेता धर्मेन्द्र वास्तोला केही दिनदेखि नै दिल्लीमा छन् । उनी पनि भारतीय नेताहरूसंगको भेटघाटमै व्यस्त रहेको बताइन्छ । नेपाली काङ्गे्रसको महामन्त्रीसमेत रहेका झापाका कृष्ण सिटौलाले पनि नयांदिल्ली यात्राको साइत हेर्दै गरेको उनका निकटवर्तीले जनाएका छन् । सिटौला पार्टी सभापति सुशिल कोइरालालाई समेत भारत भ्रमण गराउने पक्षमा रहेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही