मेरो बद्नाम गर्न खोजियो

१० श्रावण २०६९, बुधबार ०३:३५ मा प्रकाशित

राजन घिमिरे, काठमाडौ । सबै छ यिनीसँग । उचाइ, आकर्षक अनुहार, मिलेको शरीर अनि आकर्षण । उसो भए के छैन त ? जवाफमा नायिका जेनिशा केसी भन्छिन्, चाकडी र चाप्लुसी गर्ने बानी छैन मसँग । त्यसैले पछाडि परेकी हुँ ।’
नायिका मौसमी मल्लले सिनेमाको रंगीन दुनियाँमा छिराएकी हुन् यिनलाई । मौसमी आफैंले बनाएको चलचित्र गिरफ्तारमा काम पनि रामै्र गरिन् यिनले र त्यसपछि अन्य सिनेमाहरूमा पनि खेलिन् जेनिशा । तर, अहिले उनको चर्चा गरम भइरहेको छैन । सेलाउँदै गएको छ– यो कुरा मान्दिनन् जेनिशा । उनले भनिन्, ‘म गरम पनि भएकी छैन र सेलाएकी पनि छैन । यहाँ गरम हुन खराब सिनेमा खेल्नुपर्छ तर, म त्यस्ता फिल्म खेलेर गरम हुन चाहन्न बरु सेलाउनुमा नै ठीक छ ।’
करिब एक दर्जनभन्दा बढी सिनेमामा काम गरिसकेकी छिन् जेनिशाले । यसबीचमा राम्रा र नराम्रा सबै अनुभव उनले संगालेकी छिन् । ‘यहाँ त कोहीसँग बोलेमा वा नजिक भएमा त्यसको अर्थ नै गलत लगाउँछन् । अनि नबोलेमा कस्तो गम्म भएर फुलेकी भन्छन् । अचम्म लाग्छ कि मन र व्यवहार बुझ्नै गाह्रो,’ यही हो जेनिशाको भोगाइ । अर्को कुरा, उनी पारिश्रमिकको मामिलामा पनि ठगिएकी रहिछिन् । यसबारे पनि उनले कुनै कुरा लुकाइनन् । ‘सुरुमा त आश्वासन र सम्मानका ठूला कुरा गर्छन् तर पछि पारिश्रमिक दिने मामिलामा भने गरिब अवस्था । दिक्क लागिसक्यो, कति सहनु,’ उनको तिक्तता छ ।
एकपटक एक नायकसँग आफ्नो नाम जोडेकोमा पनि जेनिशा दिक्क भएकी थिइन् । केही सिनेमामा सहयोग गरेका ती नायकसँग गलत रूपले आफ्नो नाम जोडेकोमा चित्त दुखेको बताउने जेनिशाले घटना र विचारसँग भनिन् । ‘कसैले सपोर्ट गर्छु भन्यो भने कसले पो नाइँ भन्छ र ? म त्यतिबेला नयाँ थिएँ र मलाई कसैको सहयोग पनि चाहिन्थ्यो । तर, त्यही कुरालाई गलत रूपले बजारमा चर्चा गरियो,’ जेनिशाले पुरानो कुरा कोट्याइन्, ‘खै त अहिले घामजस्तै छर्लङ्ग भयो नि उहाँ र मेरो सम्बन्ध । बेक्कारमा दुःख दिने काम भयो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ