पुरुषको हृदयमा धर्म हुँदैन भन्छन्-जुनु श्रेष्ठ

१० श्रावण २०६९, बुधबार ०३:३१ मा प्रकाशित

राजन घिमिरे, काठमाडौ । केही समय टेलिभिजनमा काम गरेपछि जुनु श्रेष्ठ अहिले सिनेमाको हिरोइन बनेकी छिन् । उनले अभिनय गरेको चलचित्र हो ज्यान हाजिर छ, जुन चलचित्र अहिले रिलिज भइरहेको छ । पुराना कलाकर्मी बद्री अधिकारीले पत्याएकी नायिका जुनु अझै पनि चलचित्रभन्दा टेलिभिजनतिरै बढी चाख राख्छिन् ।
० कुन राम्रो, टेलिभिजन कि फिल्म ?
– मलाई त टेलिभिजन नै राम्रो लाग्यो । यसमा दिगो हुन सकिन्छ र प्रतिक्रिया पनि चाँडै प्राप्त हुन्छ ।
० कस्तो छ त ‘ज्यान हाजिर छ’बाट दर्शक प्रतिक्रिया ?
– साथीहरू त राम्रो छ भन्छन् तर वास्तविक दर्शकहरूबाट भने त्यति राम्रो प्रतिक्रिया पाएकी छैन ।
० पारिश्रमिक लिएर खेलेको कि सित्तैमा ?
– हामीजस्ता नयाँलाई टन्न पारिश्रमिक कसले दिन्छ र ? तर, जे होस् धेरै–थोरै पाएकै छु ।
० सधैं मनमा राखिरहने कुरा के हो ?
– भगवान्प्रतिको श्रद्धा । म माता दुर्गाको भक्त हुँ ।
० बाहिर हिँड्दा प्रायः कति पैसा बोकेर हिँडिन्छ ?
– त्यस्तै ७–८ हजार बोकिन्छ ।
० खर्च कत्तिको हुन्छ नि दिनमा ?
– म त्यति खर्च गर्दिनँ । तर, डे«समा भने खर्च हुन्छ ?
० कति हुन्छ लुगामा मासिक खर्च ?
– हरेक महिना दशदेखि बीस हजार खर्च हुन्छ ।
० कसरी पुगेको छ त त्यत्रो खर्च ?
– सायद भगवानको कृपाले होला ।
० भेट्न मन लागेको तर भेट्न नपाएको त्यस्तो कोही छ ?
– त्यस्तो कोही छैन । तर, यो कुरा आजको अवस्थामा असम्भव होला । मलाई भगवान् दुर्गालाई भेट्न इच्छा छ ।
० सर्लाही मलंगवाको मान्छे, काठमाडौं किन आएको नि ?
– म तीन वर्ष पहिले दिदीको घर काठमाडौं आएकी थिएँ । त्यसपछि यतै बसियो । बिनायोजना त्यतिबेला काठमाडौं आएकी थिएँ ।
० कसैको माया, पे्रम वा रूपले तान्यो कि ?
– तपाईंले भनेजस्तो कुराले तानेको छैन ।
० विवाहबारे के छ योजना ?
– त्यस्तो योजना बनाएकी छैन अहिले ।
० कोही छानेर राखेको छ कि ?
– त्यस्तो पनि छैन । छानेर राखेकी छैन अहिले । कोही त होला नि कुरेर बसेको ।
० बिहान उठ्दा पुरुष भइयो भने के होला ?
– पहिला त छक्क पर्थें । अनि मलाई दुःख लाग्दथ्यो ।
० किन नि पुरुष हुनुपर्दा दुःख ?
– म केटा हुन चाहन्नँ ।
० केटाप्रति यत्रो वितृष्णा किन नि ?
– एउटा भनाइ छ नि लोग्ने मान्छेको मनमा धर्म हुँदैन, त्यसैले ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक