सुन्दरीघाटमा सुकुम्वासी राख्ने निर्णयबाट सरकार पछि हट्यो

९ श्रावण २०६९, मंगलवार २०:३१ मा प्रकाशित

काठमाडौं, ९ साउन । थापाथलीका सुकुम्वासीलाई सुन्दरीघाटमा राख्ने सरकारी निर्णयविरुद्ध ललितपुरवासीको आवाज बुलन्द भएपछि अन्ततः सरकार उक्त निर्णयबाट पछि हटेको छ । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले सुन्दरीघाटमा सुकुम्वासी नराख्ने निर्णय गरेको हो । काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितले सुन्दरीघाटको विकल्पमा ठाउँको छनोटका लागि पनि छिट्टै टुंगोमा पुगिने बताएका छन् । यता, गत आइतबार र सोमबार ललितपुर जिल्ला बन्द गरी दबाब दिएका सुन्दरीघाटवासीले सरकारले लिखित रुपमा प्रतिवद्धता गर्न पनि आग्रह गरेका छन्। मलपोखरी संरक्षण संघर्ष समितिका अध्यक्ष सूर्यमान महर्जनले पनि सरकारले तत्काल विकल्प दिने बताएका छन्। मंगलबारको ललितपुर बन्द स्थगित गरी बिहान बसेको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पोखरेल र प्रधानमन्त्री पत्नी हिसिला यमि पनि सहभागी थिइन्। सरकारले अहिले सुन्दरीघाटमा २३ वटा अस्थायी टहराको निर्माण गरिसकेको छ, त्यसका लागि सहरी विकास तथा भवन निर्माण विभागले करिब १२ लाख खर्च गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर