गुण्डाका नाइके बस्नेतलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

१८ आश्विन २०७५, बिहीबार ०८:२८ मा प्रकाशित

काठमाडौँ, १७ असोज । सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई तीनदिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज बस्नेतलाई सूचना पाएको तीनदिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो ।

ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई गत सोमबार मुस्ताङ कारागार पठाइएको थियो । आदेशसँगै सूचना पाएको तीनदिनभित्र बस्नेतलाई सर्वोच्च अदालतमा उपस्थित गराउनुपर्ने भएको हो ।

बस्नेतलाई गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सुधीरमानसिंह बस्नेतले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकीकरणको रिट निवेदन दायर गर्नुभएको थियो ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भारतबाट पक्राउ गरी गत मङ्सिरमा सार्वजनिक गरेपछि बस्नेतलाई थुनामा राखेको थियो । गौचनको गत असोज २३ गते काठमाडौँको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई