यू–१९ एशिया कप क्रिकेट: नेपाल समूह चरणबाटै बाहिरियो

१६ आश्विन २०७५, मंगलवार ०१:२० मा प्रकाशित

काठमाडौँ, १५ असोज । नेपाल बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । आज अफगानिस्तानसँग तीन विकेटले पराजित हुँदै नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १३१ रन मात्र बनाएको थियो । १३२ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा सात विकेट गुमाएर पूरा ग¥यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बलमा अलआउट हुँदै १३१ रन बनाएको थियो । नेपालका लागि रोहितकुमार पौडेलले ४९ रन जोडे पनि टोलीको उच्च स्कोर बन्न सकेन । नेपालका लागि राशिद खानले २९ तथा कप्तान आरिफ शेखले २० रन जोडे । ऋत गौतमले १० रन जोड्दा नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

नेपाललाई १३१ रनमै समेट्ने क्रममा अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले चार विकेट लिए । कैस अहमद र अब्दुल रहमानले समान दुई÷दुई विकेट लिएका थिए । अङ्क तालिकामा नेपाल र युएईले खाता खोल्न सकेका छैनन् ।

भारत र अफगानिस्तान दुई–दुई खेल जित्दै समान चार÷चार अङ्क जोडेर सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि असोज १३ गते भएको पहिलो खेलमा नेपाल भारतसँग १७१ रनले पराजित भएको हो । नेपालले मङ्गलबार युएईसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले