एन्फाका रेफ्रीको प्रशिक्षक प्रशिक्षण

९ श्रावण २०६९, मंगलवार १३:३६ मा प्रकाशित

बोक्से (उदयपुर), ९ साउन । सदरमुकाम गाइघाटमा आजदेखि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का रेफ्रीको प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।

एन्फाका रेफ्री बुद्धिबहादुर गुरुङले छ दिनसम्म दिनुहुने प्रशिक्षणमा पूर्वाञ्चलका ११ जिल्लाका ३३ रेफ्रीले भाग लिएका छन् । पूर्वाञ्चलका एन्फाआबद्ध १२ जिल्लामध्ये पाँचथर जिल्ला बन्दका कारण सहभागी हुन नसकेको आयोजकले जनाएको छ ।

सैद्धान्तिक र प्रयोगात्मक गरी दुई चरणमा प्रशिक्षण दिइने एन्फाका केन्द्रीय सदस्य किरण राईले बताउनुभयो । एन्फा रेफ्री कोर्र्स २०६९ नाम दिइएको प्रशिक्षणमा सफल प्रशिक्षार्थीले एन्फाले आयोजना गरेको फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार

नयाँ दिल्ली । गएराति सम्पन्न आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा