नुवाकोटका राजु नगरकोटीले क्यानाडामा तेक्वान्दोको कास्य पदक चुमे

६ आश्विन २०७५, शनिबार २३:०४ मा प्रकाशित

काठमाडौँ, ६ असोज । राजु नगरकोटीले क्यानडा ओपन जी वान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आज कास्य पदक जितेका छन् ।

क्यानाडाको भ्यानकुभरस्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कास्य जित्न सफल भएको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । राजु सहभागी स्पर्धामा नौ मुलुकका खेलाडी सहभागी थिए ।

नुवाकोट स्थायी घर भएका राजु विगत १७ वर्षदेखि मकाउमा कार्यरत छन् । राजु नेपाल आर्मीका छैटौँ ब्याचका तेक्वान्दो खेलाडी हुन् ।

राजुले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपाल राष्ट्रको झण्डा फरफराउन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि राष्ट्रका लागि अझ धेरै पदक जित्न प्रयासरत रहने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिदेशीय टी–२० सिरिजअन्तर्गत

काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय