मलेसियाको सेलाङ्गोरमा विषाक्त मदिराले थप एक नेपालीको मृत्यु

५ आश्विन २०७५, शुक्रबार २१:४४ मा प्रकाशित

क्वालालाम्पुर ५ असोज । विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ ।

विषाक्त मदिरा सेवनबाट बसेरी धादिङका मीमबहादुर घले, मसिना रुपन्देहीका रामकुमार यादव, अमरगढी डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का इलामका बलबहादुर कुलुङ्ग र पथ्थरकोट सर्लाहीका आइतसिंह गोलेको मृत्यु भएको दूतावासले जनाएको छ । मृतकको शव मलेसियाका विभिन्न अस्पतालमा राखिएको छ ।

विषाक्त मदिरा सेवनबाट १७ जना गम्भीर बिरामी परेका थिए । उनीहरुमध्ये १२ को क्वालालम्पुरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने पाँच जना उपचारपश्चात घर फर्किसकेका छन् । सिद्धकाली सङ्खुवासभाका लुङ्गनाथ मगर, रानीचुरी सिन्धुलीका जीतबहादुर माझी, मैनापोखर बर्दियाका प्रवीन थारु, महेन्द्रनगर सुनसरीका दुर्गाबहादुर राई र राङ्सी रोल्पाका भागीमान डाँगी उपचारपश्चात कम्पनीमा फर्किसकेका छन् ।

दूतावासका अनुसार रघुनाथपुर बाराका राधेश्याम बैठा, फरेना रुपन्देहीका रामचन्द्र लोध, च्याङ्ली गोरखाका लोकबहादुर बराम, चोकामागु पाँचथरका सेतवीर तुम्बाप्तो, बाबियाविर्ता, मोरङका जम्बिरलाला झाँगड, सुङ्देल, खोटाङका चम्पावति राई, धुलिखेल काभ्रेपलाञ्चोकका चन्द्रसिं तामाङ, ढुङ्ग्रेखोला सर्लाहीका रिकामान स्याङ्ताङ, ठेगाना नखुलेकी सकुवल घिसिङ, राजेशकुमार हजारी, बिमल कार्की र दातेबहादुर सारु मगरको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा विषाक्त मादक पदार्थ सेवनको अवस्थामा टाउको दुख्ने, बान्ता हुने, पखला लाग्ने, आँखा धमिलो हुने, पेट दुख्ने, रिङ्गाटा लाग्ने र छिटोछिटो श्वासप्रश्वास बढ्ने जस्ता लक्षण देखिने जानकारी गराएको दूतावासले जनाएको छ । दूतावासले यस्ता लक्षण विषाक्त मदिरा सेवन गरेको २४ देखि ४८ घन्टापछि मात्र देखिन सक्ने हुँदा लक्षण देखिने बित्तिकै नजिकको अस्पताल तथा स्वास्थ्य संस्थामा जान सूचित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र