क्यासिनोमा हारेपछि आत्महत्याको बाटो

९ श्रावण २०६९, मंगलवार १२:४७ मा प्रकाशित

काठमाडौं, ९ साउन । फिल्म निर्देशक ज्ञानेन्द्र देउजाले आत्महत्या प्रयास गर्नुको रहश्योद्घाटन भएको छ । देउजानिकट सुत्रका अनुसार सातादिनमै आफुसंग भएका चलअचल सम्पत्ति क्यासिनोमा गुमाएका कारण डिप्रेसनमा परेर उनले आत्महत्याको निर्णय गरेका हुन् । जुवातासको लतमा परेका देउजा पछिल्लो समय क्यासिनो धाउन थालेका थिए भने यही साता मात्र क्यासिनोमा उनले ५० लाख रुपैयाँ क्यासिनोमा गुमाएका थिए । हुंदाहुंदा जुवा खेल्दा कपनमा रहेको आफु बस्ने घर नै गुमेपछि उनी निकै तनावमा रहेका र तीन दिनयता पारिवारिक तनाब पनि बढेको कारण उनले गोकर्णको जंगलमा गएर रेडबुलमा विष मिसाएर पिएका थिए । जोरपाटीस्थित नेपाल मेडिकल कलेजको आईसीयुमा भर्ना गरिएका देउजाको अबस्थाबारे अहिले नै केही भन्न नसकिने चिकीत्सकले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान