ओपन रिभर टर्वाइन प्रविधिबाट १ सय मेघावाट विजुली उत्पादन गरिने

९ श्रावण २०६९, मंगलवार १३:०२ मा प्रकाशित

काठमाडौँ, ९ साउन । ग्लो टेक सोलुसन्स प्रालिले आगामी तीन वर्षभित्र १०० मेगावाटको विद्युत् उत्पादन गर्ने भएको छ । नेदरल्यान्ड्सको टोकार्डा इन्टरनेसनलले आविष्कार गरेको ओपन रिभर टर्वाइन प्रविधि प्रयोग गरी नेपालका विभिन्न लघु तथा साना जलविद्युत् आयोजनाका माध्यमबाट विद्युत् उत्पादन गर्न लागिएको हो । सो कम्पनीका अध्यक्ष आङ गेल्मु शेर्पाले प्रथम चरणमा सो प्रविधि प्रयोग गरी रामेछापको खुर्काट र भलुवाजोर गाविसस्थित वडा नं ५ मा बगेको सुनकोसी नदीबाट विद्युत् निकालिने जानकारी दिनुभयो । यसका लागि नेदरल्यान्ड्स सरकारले ५० प्रतिशत सहुलियत दिन लागेको जनाइएको छ ।

यसैबीच सो प्रालि र टोकार्डा कम्पनीको सहकार्यमा नेपालमै टर्वान उत्पादन र जडान गरिने भएको छ । नेपालमा टर्वाइन उत्पादन भएपछि अन्य देशमा समेत निर्यात हुने विश्वास गरिएको छ । लोडसेडिङ अन्त्य गर्न र जलविद्युत्मा देशलाई आत्मनिर्भर बनाउन सो प्रविधिले सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१ औं काउन्टरपोइन्ट

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरेर बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको छ । बाढी पूर्वानुमान

विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्ने आइप्याड चाडै नै बजारमा ल्याउने जनाएको छ । अहिले

काठमाडौँ । अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ। सँगैको पृथ्वी