माओवादी अध्यक्ष प्रचण्ड र भारतीय राजदुतबीच छलफल

९ श्रावण २०६९, मंगलवार १२:३४ मा प्रकाशित

काठमाडौ, ९ साउन । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागी भारतीय राजदूत  जयन्तप्रसादबीच भेटवार्ता भएको छ । एकीकृत माओवादी पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा विहान भएको भेटमा नेपालमा देखिएको राजनीतिक गतिरोधका विषयमा छलफल भएको छ । भारतीय राजदूत जययन्तप्रसादले दलहरुबीच भइरहेको छलफल, नयाँ सरकार र संविधानका विवाददित विषय बारे चासो राख्नु भएको थियो । जवाफमा अध्यक्ष प्रचण्डले दलहरुबीच भित्री छलफल चलिरहेको र केहीदिनमा सामूहिक वार्ताबाट निकासको प्रयास थालिने बताउनु भएको बुझिएको छ ।  प्रचण्डले भारतीय राजदूत मार्फत नवनिर्वाचित भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई वधाई पनि दिनु भएको उहाँको निजी सचिवालयले जनाएको छ । भेटमा माओवादीको विदेश विभाग प्रमुख स्थायी समिति सदस्य कृष्णबहादुर महराको पनि सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

बुटवल । स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१

लमजुङ । लमजुङको क्व्होलासोंथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा

आजको प्रमुख समाचार