हाइप र पपुलारिटी आफैमा एक टेम्पोररी शब्दहरु हुन: दिबस खनिया

३ आश्विन २०७५, बुधबार ०१:२८ मा प्रकाशित

दिबस खनिया आफैमा एक परिचित र ब्रान्ड बोकेको नाम हो । सुचना प्रबिधीको बिकासमा बिश्व सामु नेपाललाई एक सुनौलो अक्षरमा लेखाउन सफल खनिया आफ्नो प्रतिभा र खुबी मार्फत नेपालमा नै आफ्नो परिचय बनाउन हिडेका एक प्रतिभावान र धेरै युवाहरुका उदाहणिय पात्र समेत हुन । केही समय पहिले नेपाल हल्लाउन सफल र प्रत्यक नेपाली माझ रोल मोडल बनेर स्थापित भएका खनिया अहिले पछिल्लो समयमा भने केहि ओझेलमा परिरहेका छन । उनका जिवनका अनुभव, भोगाइ र कथाहरु जो कोहिका लागि प्रेरणा बन्न सक्दछ ।

उनै खनियासँग केहि दिन अगाडी हामीले बानेश्वर स्थित मोजो बुटिक होटेलमा कफी पिउदै गर्दा केहि गफिने मौका पायौ । सेमी-फर्मल गेट अप मा सजिएका उनि हामीसँगको गफमा केहि ओपन रुपमा प्रस्तुत भएका थिए । जिवनको बास्तबिकता र समयको गतिलाई स्विकार गरेका खनियाले सुरुवातमा नै हामीलाई लागेका, सुनेका र देखका सबै कुराहरु खुल्ला रुपमा गर्न अनुमती दिए । हामी उनको हाइप र अहिले त्यती मिडिया र खुल्ला रुपमा प्रस्तुत नहुनुको रहस्य बुज्न र जान्न खोजिरहेका थियौ । केही बर्ष अगाडीको उनको बिश्व चर्चा , जिवनका भोगाइहरु , पछिल्लो जिवन-यापन र युवाहरुको बारेमा उनले देखेका सपनामा केन्दृत रही सङ्घर्श पन्त र हिमाल नेउपाने ले तयार पारेको सामग्रीको सम्पादित अश यस प्रकार छ:

खनिया जि नमस्कार !

नमस्कार

⏩ सन्चै हुनुहुन्छ ? जिवन कस्तो चलिरहेको छ ?

हजुर सन्चै । जिवन राम्रो नै चलिरहेको छ, जिवनका खुड्किलाहरु चढ्ने क्रममा छु । चढ्ने क्रममा कहिले सहज त कहिले सोचे भन्दा असहज महसुस हुने रहेछ ।

पहिलाको तपाईंको हाइप र पहिलाको जस्तो तपाईंको पपुलारिटी केहि छायामा परेको अनुभब गर्नु भएको छ ?

हाइप र पपुलारिटी आफैमा एक टेम्पोररी शब्दहरु हुन । कोही पनि मान्छे हाइप र पपुलारिटीका लागी केहि काम गर्छ भने अवस्य त्यो मान्छे पनि टेम्पोररी नै हुन्छ ।

म सबै भन्दा ठुलो कुरा समयको गतीलाई मान्छु र त्यही अनुसार हिडिरहेको छु त्यसकारण यो कुराहरु ले मेरो जिवनमा खासै अर्थ राख्दैन ।

पहिला जस्तो मिडियाहरु बाट त हराउनु भयो नि ? अनि मान्छेहरुले नि बिर्सिदै गए होलान नि ?

मिडियामा आइराख्नु वा मान्छेहरुले चिन्नु/नचिन्नु भन्दा पनि आफ्नो कामबाट हराएको छ/छैन भन्ने कुरा प्रधान हो जस्तो लाग्दछ । केहि समय अगाडी मिडियाले देख्ने वा आम-पब्लिकलाई प्रत्यक्ष रुपमा मैले आफ्नो कामको रिजल्ट देखाउन सके होला । तर अहिले पनि म मेरो काममा लागि नै रहेको छु र युवा केन्दृत प्लेट्फर्महरु सृजना गरी रहेको नै छु । अगाडी पनि मैले जोडी सके, समय सबै भन्दा बलवान छ र समय अनुसार हामी चल्न सक्नु पर्दछ ।

⏩ तपाईंको यो ५-६ बर्षको यात्रामा धेरै उतार-चडापहरु छन होला, सोचे जस्तो गर्न सकेको छैन भन्ने अनुभब चाही गर्नु भएको छ कि छैन ?

त्यो त हेर्नुस मान्छे आफैमा एक असन्तोषी प्राणी हो । जो कोही मान्छेलाई पनि लाग्दैन होला कि मैले सोचे जती गरिरहेको छु र मेरो सपना यती नै हो भनेर । मैले पनि धेरै सपनाहरु देखेको छु, धेरै कुराहरु सिक्दै छु, धेरै भोगाइहरु भोगेको छु ।

पहिलाको जिवनशैली, पहिलाको तपाईंको सम्बन्धहरु हेर्दा अहिले आफुलाई केहि फरक पाउनु भएको छ ?

मेरो जिवन र मेरो जिवनशैली अथवा सम्बन्धहरुमा कुनै फरकपन आएको छैन तर यती हो मैले पहिला जस्तो आम-पब्लिकले महसुस हुने गरेर अगाडी आएको छैन होला अथवा केहि समय यहाँको परीस्थितीले र केहि नकरात्मक तत्वहरुले मलाई अगाडी बढ्न बाधा उत्पन्न गर्‍यो होला तर पनि म आफ्नो काममा निरन्तर लागि रहे त्यो नै मेरो लागी सबै भन्दा ठुलो कुरा हो ।


तपाईंले इङ्गित गर्न खोज्नु भएको नकारात्मक तत्व के हो ?

जिवनमा कतीपय कुराहरु हामीले सोचेको जस्तो सहज हुँदैन । कतीपय अवस्थामा हामीले समयसँग चल्न सक्दैनौ अनि त्यो बेला मानिसहरुले त्यस्को फाइदा उठाउँछन । कतीपय अवस्थामा बोल्नु भन्दा आफ्नै शैलीमा अगाडी बढ्नु नै उपर्युत उपाय हुन्छ । सबै कुराहरु समयले अवस्य नै बताउने छ । म नेगेटिभ कुराहरुमा भन्दा ज्यादा पोजेतिभ कुराहरुमा फोकस गर्ने भएकाले नै आज जिवनको यो अवस्था सम्म आफुलाई पुराएको छु ।

यहाँको अवस्था देखेर केहि निराश हुनु भएको हो ?

अवस्था देखेर निराश हुनु भन्दा पनि जो कोही युवाले पनि आफ्नो क्षमता प्रस्तुत गर्ने राम्रो प्लेटफर्म पायोस भन्ने मेरो भनाइ हो ।

राजनितीको सिकार कोही पनि हुन नपरोस र आफ्नो स्वार्थ अनुसार केहि कुरालाई पनि परिभाषित नगरियोस । कोही कसैलाई पनि आफ्नो क्षमता प्रस्तुत गर्ने कुरामा रोक नलगाइयोस्, नेपालमा नै केहि गर्छु भनेर लाग्ने बातावरणको सृजना गरियोस । यो नै मेरो एक मात्र चाहना हो ।

अन्तरास्तिय स्तरमा परिचित एउटा युवा जस्ले नेपालको नाम प्रबिधिको क्षेत्रमा स्वर्ण राख्नु भयो । नेपाल सरकारबाट के के आशा गर्नु भएको थियो र कस्तो सहयोग पाउनु भयो ?

मैले धेरै ठाउँमा धेरै पटक भनिसकेको छु, नेपाल सरकार मेरो सरकार हो । यो कुनै पार्टीको सरकार पनि होईन र झन कुनै ब्यक्तीको त हुँदै हैन । तसर्थ मेरो सरकारसँग मैले केहि पाए अथवा पाइन भनेर गुनासो गर्न मिल्दैन ।

तर नेपालको परीस्थिती अलिकती फरक के भइदियो भने मेरो सरकार कुनै एउटा पार्टीको मात्र पेवा बनिदियो । अनि आफ्नो पार्टी अनुकुल मात्र कामहरु हुन थाल्यो । आफ्नो नेता कार्यकर्ताले भने अनुरुप मात्र र उनिहरुको कुरा मात्र मेरो सरकारले सुन्न थाल्यो । चाहे त्यो जुन सुकै पार्टीको नेतृत्वमा बनेको सरकार होस नेपालको अहिले सम्मको यथार्थ यही नै हो र त्यस्को सिकार नेपाली जनता हुन पुगे ।

तपाइले सामजिक परिवर्तनका लागी युवा अभीयान्ताको रुपमा पनि काम गर्नु भयो, तपाईं आफु पनि राजनितीको सिकार हुनु भएको हो ?

मैले नेपालको राजनिती अनि यस भित्रको कृयाकलापहरुलाई राम्रोसँग नियालेको छु ।

जबसम्म मैले नजिकबाट नियाल्ने अथवा भोग्ने मौका पाएको थिइन तब सम्म मलाई लाग्दथ्यो नेपालका नेताहरु अनि राजनितिक पार्टीहरु देशको साच्चै बिकास चाहन्छन तर यहाँको बिभिन्न परीस्थितीले दिरहेको छैन ।

जब मैले नजिकबाट बुझे नेपालको राजनिती र नेतृत्व गर्ने राजनितीकर्मीहरु आफैमा बिरामी हुनुहुन्छ । नेपालमा तपाईं कुनै पार्टीको अन्धभक्त कार्यकर्ता हुनुभयो भने मात्र तपाईंले केहि गर्न सक्नुहुन्छ नत्र तपाईंले केहि गर्नै सक्नुहुन्न ।

सही कामलाई सही र जुन सुकै पार्टीको होस गलतलाई गलत भन्न लाग्नुभयो भने तपाईंलाई एक्लो बनाइन्छ । अझ भन्ने भने उस्लाई कसरी डाउन पार्ने भनेर सम्पूर्ण सक्ती लगाइन्छ । एक ततस्थ नेपाली हुन नेपालमा धेरै गाह्रो छ । यो कुरा नेपालको प्राय सबै क्षेत्रमा लागु हुन्छ ।

तपाईंको चाही राजनितिकर्मीहरुसँग सम्बन्ध कस्तो छ ?

म एक आम-नागरिक हो । म आफु पनि राजनितीमा धेरै नै रुची राख्ने मान्छे हो । नेपालको राजनितीलाई सही बाटोमा ल्याउन युवा बर्ग राजनितीमा जानै पर्छ भन्ने कुरामा कुनै दुइ मत नै छैन । यस सम्बन्धी बिभिन्न छलफलहरुमा म सहभागी पनि भएको छु ।

राष्टिय स्तरमा पहुच राख्ने बिभिन्न नेताहरुले बिभिन्न प्रस्ताबहरु राख्नु भएको पनि छ । सबै गलत हुनुहुन्छ भन्ने पनि छैन । तर पहुच र चिनेजानेको अनि पार्टीका कार्यकर्ताले राजनितिको आडमा जे पनि गर्न पाइन्छ भन्ने कुराको म बिरोधी हो ।

मैले धेरै राम्रा देखी राजनितीको आडमा जनतालाई तर्साउदै हिंड्ने नेता अनि उनिहरुका कार्यकर्तालाई पनि नजिकबाट नियाल्ने मौका पाएको छु । यसै बिचमा राम्रा, सम्भावना बोकेका र साच्चै देशको हित चाहने नेताहरुको सधै सपोर्ट गरेर अगाडी बढेको छु भने नराम्रा काममा अग्रसर हुने र अग्रसर गराउनेहरुको बिरोध गर्न समेत पछी हटेको छैन ।

यसै प्रसँगमा केहि महिना अगाडी तपाइ सम्लग्न भएको एउटा कम्पनिले आयोजना गरेको मिस एसिया नामक कार्यक्रममा नेकपाबाट भर्खरै सभासद बनेका नवराज सिलवाललाई प्रमुख अतिथी बनाउनु भयो र फेसन कार्यक्रम भए पनि लगभग आधा दर्शक त त्यहाँ नेपाल पुलिस नै सहभागि गराउनु भयो । यो कुरा मिडियाकर्मी तथा मनोरन्जनात्मक क्षेत्रका मानिसहरु बिचमा आलोचना को कुरा बन्यो । यस बारेमा के भन्न चाहनु हुन्छ ?

म जुनसुकै क्षेत्रलाई पनि सकरात्मक परिवर्तन गराउन चाहन्छु । हो मिस एसिया जुन प्रतियोगिता नेक्स्ट ग्रुपले गरेको थियो त्यहाँ हामीले माननिय नवराज सिलवाललाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरेका थियौ ।

उहालाई बोलाईयो भन्दैमा पार्टिगत रुपले हेर्नु एकदम गल्ती हो । म आफु सम्लग्न भएको जुनसुकै क्षेत्रबाट पनि युवाहरुलाई प्लेत्फर्म सृजना गर्न सकियोस भनेर लागिरहेको हुन्छु । त्यसै अनुरुप उक्त कार्यक्रममा युवाहरुलाई आफ्नो केहि अनुभब र योजनाहरु प्रस्तुत गर्दिनुस भनेर हाम्रो निमन्त्रणामा उहा आउनुभएको हो ।

उक्त कार्यक्रममा तपाईंले कुनै राजनितिक गन्ध पाउन सक्नु हुन्न । यो एकदमै बिसुद्ध गैर्ह राजनितिक प्रतियोगिता हो । यस्ता कार्यक्रममा युवाहरुको बिषयमा नेताहरुको भिजन र अनुभब साट्न जुनसुकै पार्टीको जुनसुकै नेतालाई बोलाउन पनि सकिन्छ , यसमा अलोचना गर्नुपर्ने केहि कुरा छ जस्तो मलाई लाग्दैन ।

⏩ यो सामान्य कुरा भएतापनी उक्त कार्यक्रममा त्यसै क्षत्रका ब्यक्तीहरुको धेरै उपस्थिती हुनु पर्नेमा त्यहाँ पुलिसका उच्च अधिकारिहरु र उनिहरुका परिवार तथा फेशन फिल्डका भन्दा गैर्ह-फेशन फिल्डका ब्यक्तीहरुको बढी सहभागिता अनि उल्टो पुलिस कै अधिकारिहरुलाई स्टेजमा बोलएर सम्मान गरिनुले मिस एसिया भन्दा पनि पुलिस सम्मान कार्यक्रम पो हो कि भन्ने झझल्को दियो भन्ने आलोचना पनि भएको थियो नि ?

यो प्रश्न आफैमा गलत छ । त्यस कार्यक्रममा सम्बन्धित क्षेत्रका मानिसहरु पनि उल्लेखनिय रुपमा नै हुनुहुन्थ्यो । र हो नेपाल प्रहरि, शशत्र तथा नेपाल आर्मीका केहि भर्खरै सेवा-निबृत्व हुनुभएका र बहालवाला अधिकारिहरुलाई पनि हामीले आमन्त्रण गरेका थियौ ।

राष्ट सेवकहरुलाई उहाहरुले गर्नु भएको हाम्रो सेवाको उच्च कदर गर्दै सम्मान गर्नु के गल्ती हो र ? यस्ले झन उहाहरुको मनोबल बढ्दैन र ? यो कार्यको आलोचना भन्दा पनि प्रशम्शा पो गर्नु पर्ने हैन र ?

पुलिस मात्र हैन हामीले सबै क्षेत्रको ब्यक्तित्वहरुलाई त्यहाँ सम्मान गरेका छौ । हाम्रो उक्त कार्यक्रम मात्र एउटा मिस एसियामा सिमित नरहोस्, समाजमा हाम्रोलागी सेवा गर्नु भएका र सामाजिक परिवर्तनका लागि लाग्नु भएका ब्यक्तित्वहरुलाई हामीले केहि हौसला प्रदान गर्न सकियोस भन्ने समेत हाम्रो उद्देश्य रहेको थियो र त्यसै अनुरुप कार्यक्रममा यो कुरालाई पनि सम्लग्न गराइएको हो ।

काम गर्दा आउने यस्ता आलोचनाहरु लाई कसरी सामना गर्ने गर्नु भएको छ ?

कतीपय कुराहरु त मलाई थाहा नै हुँदैन । जस्तो यो कुराको आलोचना भएको छ अथवा यो कुराबारे यसरि प्रतिकृया आएको छ भन्ने कुरा नै मैले तपाइबाट थाहा पाए ।

मलाई यस्ता कुराहरुमा उति वास्ता पनि लाग्दैन । यदी मैले केहि गलत काम नै गरेको छु र आलोचना भएको छ भन्ने त्यो बेलामा जती सुकै जे गरे पनि गल्ती गल्ती नै हुन्छ तर यदी कसैले आलोचना गर्नकै लागि मात्र आलोचना गर्छ भने त्यो कुराहरुमा म वास्ता नै गर्दिन ।

काम गर्ने क्रममा केहि गल्तीहरु हुनसक्छ्न तर राम्रो कामको भने हामीले प्रसम्शा पनि गर्न सिक्नु पर्दछ ।

अहिले कुन-कुन क्षेत्रमा आवद्ध हुनुहुन्छ र आगमी योजनाहरु के के रहेका छन ?

म सामाजिक परिवर्तन र युवाहरुको क्षेत्रमा त आवद्ध छु नै त्यसका साथै मेरो एउटा “द नेक्स्ट ग्रुप” नामक कम्पनी छ जस अन्तर्गत हामी सुचना प्रबिधि, शिक्षा, इभेन्ट र मिडियाको क्षेत्रमा काम गर्दै आइरहेका छौ ।

आगामी योजना भन्नु पर्दा, जहिले पनि म मेरो जुनसुकै कामबाट नेपालका युवाहरुलाई प्लेट्फर्म सृजना गरेर नेपालमा नै केहि गर्ने बातावरण बनाउन चाहन्छु । तसर्थ यसै कार्यमा मेरो समय खर्चने छु ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै