कृषि फर्ममा आगो लाग्दा करिब १ सय ५० बाख्राको जलेर मृत्यू

९ श्रावण २०६९, मंगलवार ०९:५७ मा प्रकाशित

स्याङजा, ९ साउन । स्याङ्जाको साँखरमा रहेको मेलमिलाप कृषि प्रोडक्सनमा विहान करिब ३ बजेको समयमा आगलागी हुँदा करिब २० लाख मुल्य बराबरको क्षति भएको छ । आगोका कारण ३ सय बाख्रा अटाउने क्षमताको खोर र त्यहाँ रहेका १ सय २५ ठूला र २० वटा पाठापाठी जलेर मरेको प्रोडक्सनले जनाएको छ । अज्ञात समूहले आगो लगाएको प्रोडक्सनले जनाए पनि आगो कसले लगायो भन्ने बारेमा खुल्न सकेको छैन । अनुसन्धानको लागि प्रहरीको टोली आगलागी भएको स्थल जाँदैछ । आगलागीबाट करिब २० लाख रुपैया बराबरको क्षति पुगेको बताइएको छ । साँखर स्याङ्जामा ८ जना युवाहरुको समूहले संचालन गरेको कृषि फर्ममा बाख्रा, कुखुरा, माछा पालन तथा तरकारी खेति गरिदै आएको प्रोडक्सनका अध्यक्ष रमाकान्त भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी