विश्वकर्माको विधिपूर्वक पूजा, मङ्गलबारदेखि मूर्ति सेलाइने

१ आश्विन २०७५, सोमबार २१:३३ मा प्रकाशित

काठमाडौँ, १ असोज । कालीगढहरुले विधिपूर्वक विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि बाबा विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।

यही सम्झनामा नेपालका कालीगढहरुले कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गरे । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास छ ।

आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा समेत मनाएका छन् । कालीगढले बनाएको विश्वकर्माको मूर्ति मङ्गलबारदेखि पवित्र नदीमा सेलाइन्छ । विश्वकर्माको मूर्ति निर्माण गरेर पूजा गर्ने प्रचलन छ । मूर्ति सेलाउँदला कालीगढहरुले भक्ति सङ्गीतका साथ रमाइलो गर्ने गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०