सरकार र ललितपुरको सुन्दरीघाटका वासिन्दा बीचको वार्ता निस्कर्ष विहीन

९ श्रावण २०६९, मंगलवार ०९:५७ मा प्रकाशित

काठमाडौ, ९ साउन । ललितपुरको सुन्दरीघाटमा सुकुम्बासी राख्ने सरकारको तयारीविरुद्ध आन्दोलनमा उत्रीएका स्थानिय वासिन्दालाई केही समय पर्खिन आग्रह गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको वार्तामा कुरा नमिलेपछि सरकारले केही समय पर्खिन आग्रह गरेको हो । स्थानीयबासीन्दाको प्रतिनिधित्व गर्दै गएको वार्ता टोलीले सुन्दरीघाटको विकल्प खोज्न आग्रह गरेको थियो । सरकार तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव लिलामणी पौडेलले सरकारले अस्थायी रुपमा बसोवास मिलाउन खोजेकाले केही समय बस्न दिन आग्रह गर्नु भएको थियो । तर, संघर्ष समितिले आफ्नो अडान नछाडेपछि पौडेलले आजै प्रधानमन्त्रीसँग छलफल गरेर सरकारको धारणा जानकारी गराउने बताउनु भएको वार्ता टोलीका सदस्य नेकपा एमाले जिल्ला समिति उपाध्यक्ष हरीकृष्ण व्यन्जानकारले सीआइएनलाई जानकारी दिनुभयो । थापाथलीबाट उठाइएका सुकुम्बासीलाई सरकारले सुन्दरीघाटमा अधिग्रहण गरेको जग्गामा बसाउने तयारी गरेपछि ललितपुरका बासिन्दाहरुले विरोध जनाउँदै बन्दको आह्वान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले आज (मंगलबार) दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक

रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिकास्थित सादिडाँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस लुभु भीरमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको