निर्मलाका निम्ति न्याय माग्दै राजधानीमा प्रदर्शन, पाँच प्रहरी निलम्बित

३१ भाद्र २०७५, आईतवार ०३:२८ मा प्रकाशित

काठमाडौं, ३० भदौ । निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई कारबाही गर्न र पीडितलाई न्याय दिन सरकार असफल रहेकोमा आक्रोशित नागरिक समाजले निर्मलाका निम्ति न्याय माग्दै राजधानीमा प्रदर्शन गरेको छ । काठमाडौंको माइतिघरमा भेला भएका आक्रोशित युवाहरुले सरकारको बिरोध गर्दै विरोध र्‍याली आयोजना गरेका हुन् ।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकालाई न्याय दिन माग गर्दै शनिबार १ बजेदेखि सुरु भएको प्रदर्शनमा ५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार र हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै र्‍यालीका सहभागीहरूले सरकारको आलोचना गरेका थिए ।

काठमाडौंको माइतीघर मण्डलबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरतर्फमा आएर कोणसभामा परिणत भएको थियो । सभालाई निर्मलाका बुबा यज्ञराज लगायतले सम्बोधन गरेका थिए ।

यसैबीच कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का दुई डीएसपीसहित पाँचजना निलम्बनमा परेका छन् । अनुसन्धानमा लापरबाही गरेको भन्दै गृहमन्त्रालयले पाँच प्रहरी अधिकृतलाई निलम्बन गरेको हो ।

अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी नायव उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदिश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गर्न गृहमन्त्रालयले निर्देशन दिएको हो ।

गृहमन्त्रालयले बालिका हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयलेसहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएपछि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई निलम्बन गरेको हो ।

समितिले गृहमन्त्री रामबहादुर थापालाई शनिबार प्रतिवेदन बुझाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

काठमाडौं । आन्तरिक किचलोका कारण बिभाजनको अन्तिम बिन्दुमा पुगेको बेला सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ