साफ च्याम्पियनसिप यात्रा: नेपाल सेमिफाइलनमै रोकियो

२८ भाद्र २०७५, बिहीबार ०२:२१ मा प्रकाशित

काठमाडौँ, २७ भदौ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमै रोकिएको छ ।

आज भएको पहिलो सेमिफाइलनमा नेपाल माल्दिभ्ससँग ३–० गोल अन्तरले पराजीत भएको हो । पहिलो हाफको खेल सकिँदासम्म १–० गोलले पछाडि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खायो । नवौ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घातीले पेनाल्टी बक्सको केही बाहिर पाएको फ्री किकलाई गोलमा परिणत गरेर माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।

त्यसैगरी इब्राहिम हसनले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै नेपालको उपाधि सम्भावना समाप्त पारे । ८४आँै मिनेटमा पहिलो गोल गरेका उनले ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै माल्दिभ्सलाई प्रतियोगिताको फाइनल पु¥याए ।

वर्षाले प्रभावित भएको खेलमा नेपालले आफ्नो स्वाभाविक खेल प्रदर्शन गर्न सकेन । २८औँ मिनेटको खेल सकिँदा हावाहुरी र भीषण वर्षा भएपछि खेला ३० मिनेट रोकिएर पुनः शुरु भएको थियो ।

हारसँगै साफ च्याम्पियनसिप जित्ने नेपालको सपना समाप्त भएको छ । २५ वर्षे साफको इतिहासमा नेपाल सेमिफाइलनभन्दा माथि पुग्न सकेको छैन ।

माल्दिभ्स भने भाग्यमानी टोली साबित भएको छ । समूह चरणमा एक गोल पनि गर्न नसेकेको र एक खेल पनि जित्न नसेकेको माल्दिभ्सले आज उत्कृष्ट खेल प्रदर्शन गर्यो । समूह चरणमा भारतसँग पराजित भएको माल्दिभ्स श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएपछि गोलाप्रथाद्वारा सेमिफाइनल पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग आईपीएलमा रोमाञ्चक जीत हात पार्दै विजयी सुरुवात गरेको छ । आईपीएलको चौधौं संस्करणको

चेन्नइ । कोलकाता नाइट राइडर्सले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । १

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन