आठ युवा सङ्गठन आजदेखि सरकार विरुद्ध सडकमा

९ श्रावण २०६९, मंगलवार ०९:५३ मा प्रकाशित

काठमाडौ, ९ साउन । विपक्षीदलसम्बद्व ८ युवा सङ्ंगठनले आजदेखि सरकार विरुद्ध आन्दोलन सुरु गर्दैछन् । प्रधानमन्त्रीको राजीनामा र सरकारले चालेको कदमको विरोधगर्दै विपक्षी दल आवद्ध युवा सङ्गठनहरुले सडक आन्दोलन गर्न लागेका हुन् । वर्तमान भट्टराई सरकारको विस्थापन र सहमतिबाट नयाँ चुनाव घोषणाको मागगर्दै आन्दोलन सुरु गर्न लागेका ती युवा सङ्गठनले बताएका छन् । एमाले निकट युवा सङघका अध्यक्ष महेश बस्नेतले सरकार विरुद्ध आजबाट सुरु भएको सङ्घर्ष  निरन्तर रहने जानकारी दिनुभयो । आठ युवा सङ्गठनहरुले आज दिउसो ३ बजे नयाँ बानेश्वरमा विरोध सभा गर्दैछन्  ।  विरोध सभाअघि ठाउँठाउँबाट जुलुश निस्किने काङ्ग्रेस निकट तरुण दलले जनाएकोछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका