माओवादी महाधिवेसन आयोजक समितिको बैठक बस्दै

९ श्रावण २०६९, मंगलवार ०९:५३ मा प्रकाशित

काठमाडौ, ९ साउन । एकीकृत नेकपा माओवादीको महाधिवेसन आयोजक समितिको बैठक आज बस्दैछ । विस्तारित बैठकका निर्णयको कार्यान्वयन र महाधिवेसन अघिको तयारीका विषयमा छलफल गर्न आयोजक समितिको बैठक बस्न लागेको हो । दिउँसो १ बजे पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा विस्तारित बैठकको समीक्षा र विस्तारित बैठकले गरेका निर्णय कार्यान्वयन लगायका विषयमा छलफल हुने पोलिट्व्युरो सदस्य शक्ति बस्नेतले जानकारी दिनुभयो । महाधिवेसनको तयारी सँगै विस्तारित बैठकले गरेको निर्णय, सरकारले गरेको पछिल्ला निर्णय, सेना समायोजनको प्रक्रिया, लडाकुहरुको असन्तुष्टि लगायतका विषयमा छलफल हुने बस्नेतले बताउनुभयो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईको सचिवालय परिवर्तन, नेताहरुको सांगठनिक कार्यविभाजन, महाधिवेसन आयोजक समिति विस्तारको बारेमा पनि छलफल हुनेछ । त्यसअघि अहिले बिहान पदाधिकारीको अनौपचारिक बैठक बस्ने तयारी छ ।  एकीकृत नेकपा माओवादीले माघमा महाधिवेसन गर्ने भने पनि मिति तय भइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्