सरकारविरुद्ध देशव्यापी आन्दोलनको तयारी – विरोधका कार्यक्रम आज सार्वजजिक गरिने

९ श्रावण २०६९, मंगलवार ०६:४१ मा प्रकाशित


काठमाडौं, ९ साउन । सरकारले राष्ट्रियताविरोधी क्रियाकलाप बढाइरहेको निश्कर्षका साथ विप्पा सम्झौता, सुपुर्दगी सन्धी, महंगी, भ्रष्टाचार लगायतको विरोधमा एमालेको भातृ संगठन युवा संघ देशव्यापी आन्दोलनमा उत्रने भएको छ । राजधानीमा दुई दिन सम्म चलेको संघको राष्ट्रिय कार्यकर्ता भेलाले सोमबार १५ बुँदे प्रस्ताव पारित गरी भट्टराई सरकारको विस्थापन र राष्ट्रिय सहमति मार्फत् नयाँ निर्वाचनको मितिको तय गर्नुपर्ने माग राख्दै देशव्यापी आन्दोलन गर्ने भएको हो ।
संविधानसभा भंग गरी अनन्तकालसम्म सत्तामा बसेर मुलुकलाई अनिर्णयको भूमरीमा पारिरहने काम सत्ताधारी गठबन्धनले गरेको भन्दैसंघका अध्यक्ष महेश बस्नेतले यसलाई विस्थापन गर्न र सहमतिको वातावरण तयार गरी नयां निर्वाचनमा जानेका लागि दबाब दिन आन्दोलनमा जाने निर्णय गरेका बताए। आन्दोलनका कार्यक्रम आज बुधबार बस्ने संघको केन्द्रीय समितिको बैठकले तय गर्ने जानकारी पनि बस्नेतले दिएका छन् ।
नेपालमा संचालित अन्तर्राष्ट्रिय गैरसरकारी संघसस्थाहरुको आर्थिक पारदर्शीता नभएको निष्कर्ष निकाल्दै मुलुकभरका झण्डै चार सय कार्यकर्ता संलग्न भेलाले त्यसलाई व्यवस्थित गराउनका लागि पनि अभियान चलाउने निर्णय गरेको छ । युवा स्वरोजगार कार्यक्रमको रकम दुरुपयोग भइरहेकोमा पनि भेलाले त्यसलाई नियन्त्रणका लागि पहल गर्ने निर्णय गरेको छ । मुलुकको सुरक्षा र राष्ट्रियता कमजोर भइरहेको निष्कर्ष निकाल्दै संघले राष्ट्रियतासम्बन्धि जागरण कार्यक्रम अघि सार्ने निर्णय गरेको छ । अध्यक्ष बस्नेतका अनुसार त्यसका लागि तत्कालै तराई मधेस जागरण अभियान संचालन गरिने छ । ुमधेस केन्द्रित दलहरुले विस्तारवादी नीतिलाई नै सहयोग गरेकाले त्यसलाई परास्त गर्न र तराई मधेसमा पार्टीको संगठन विस्तार गर्न पनि यो अभियान चलाउन लागिएको बस्नेतको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।