काँग्रेसले चुनाव हारे पनि देशले जितेको छ: देउवा

२३ भाद्र २०७५, शनिबार २१:०२ मा प्रकाशित

तुलसीपुर, २३ भदौ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपसी अन्तरघातका कारण काङ्ग्रेसले चुनाव हारेको बताउनुभएको छ ।

दाङको लमहीमा आज क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कार्यकर्तालाई एक ढिक्का भएर अगाडि बढ्न निर्देशन दिनुभयो ।

सभापति देउवाले काङ्ग्रेसले चुनाव हारे पनि देश र संविधानले जितेको बताउँदै ‘‘हामीले प्राविधिकरुपले चुनाव हारेका छौँ तर देशले जितेको छ’’, भन्नुभयो । अब काङ्ग्रेसलाई अन्तरघात मुक्त पार्टी बनाएर देशकै पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिदैं उहाँले पार्टीको नीति नियम नमान्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

सभापति देउवाले पार्टीलाई बलियो बनाउन गाउँस्तरबाटै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिदैं ‘‘पार्टीलाइ एकताबद्ध बनाएर लैजान हामी सबै केन्द्रीय नेताहरु लागेका छौँ, तपार्इंहरु पनि गाउँ तहमा एकताबद्ध हुनुहोस्’’, भन्नुभयो । उहाँले कार्यकर्तालाई गुट–उपगुटमा नलाग्न आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३२ जना सांसदको पद खोस्न सूचि तयार पारेको छ । संघीय