नेपालगञ्जको गणेशपुरमा १५ वर्षीया किशोरी बलात्कृत

२२ भाद्र २०७५, शुक्रबार २१:४२ मा प्रकाशित

बाँके, २२ भदौ । नेपालगञ्जको गणेशपुरमा साइबाबा भनिने एक व्यक्तिले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

केही समय अघिदेखि बिरामी परेकी बालिकालाई झारफुक गर्ने क्रममा साइबाबा भनिने ती व्यक्तिले उनीमाथि बलात्कार गरेको बुझिएको पीडित किशोरीका आफन्तले बताएका छन् ।

झारफुक गर्ने क्रममा ती साइबाबाले तीन चार महिनाअघिदेखि नै आफूमाथि बलात्कार गर्दै आएको र बाहिर कसैसँग कुरा गरे जे पनि हुनसक्ने धम्की दिएका कारण आफूले कसैलाई पीडा भन्न नसकेको बलात्कृत किशोरीले प्रहरीसमक्ष बताएको आफन्तले जनाएका छन् ।

बिहीबार दिउँसो १ बजेतिर किशोरीको योनीबाट धेरै रक्तश्राप भएपछि किशोरीले आफ्नी आमालाई सबै कुरा बताएकी थिइन् । आमाले थाहा पाएपछि घटना बाहिर आएको पीडित किशोरीका काकाले जानकारी दिनुभयो ।

घटना थाहा पाएलगत्तै उनका काकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबाबा भनिने ती व्यक्तिको नाममा किटानी जाहेरी दिनुभएको छ । किटानी जाहेरी परेपछि बाँके प्रहरीले साइबाबा भनिने ती व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका ती व्यक्तिलाई थप अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।

बढैयाताल गाउँपालिकाकी १५ वर्षीया ती किशोरीको बिहीबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भएको छ भने उनको पेटमा गर्भ भए÷नभएको बारे रिपोर्ट आउन बाँकी रहेको पीडितका आफन्तले बताएका छन् ।

ती साइबाबाले पटकपटकको बलात्कारपछि बिहीबार गर्भपतन गराउनेसम्बन्धी औषधिसमेत खुवाएको प्रहरीसमक्ष पीडित किशोरीले बयान दिएकी छिन् । ४६ वर्षीय साइबाबा भनिने ती व्यक्ति विगत केही समयदेखि गणेशपुरमा ज्योतिषीको काम गर्दै आएका थिए । देशभरमा दिनहुँजसो बलात्कारका घटना घटिरहँदा बाँके जिल्लामा पनि एकसातामै दुईवटा यस्ता घटना भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर