निर्दोष तिब्बती पक्राउ

९ श्रावण २०६९, मंगलवार ०६:१७ मा प्रकाशित

काठमाडौं, ९ साउन । गोरखाको सिद्धिवास भन्ने स्थानबाट दुईजना निर्दोष तिब्बती नागरिकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । कथित रुपमा काठमाडौंबाट गोरखा हुँदै तिब्बत जान लागेका भनिएका उनीहरुलाई सिद्धिवासबाट पक्राउ गरिएको आरुघाटका प्रहरी निरीक्षक पुष्पराज मल्लले जानकारी दिए । पक्राउ परेका तिब्बतीहरुको नाम करसाङ्ग र घाङ्च्याङ बताइएको छ । उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाइने तयारी भइरहेको पनि मल्लले जनाए ।

विना प्रवेशआज्ञा नेपाली क्षेत्रमा भेटिएको आरोप लगाइएका उनीहरु चीन सरकारको कोपभाजनको शिकार बन्ने त्रासका कारण नेपालमा शरण खोज्दै गरेका शरणार्थी हुनसक्ने अनुमान गरिएको छ । उत्तर छिमेकी चीनको विश्वास जित्न नसकेको मनोविज्ञानबाट ग्रस्त प्रधानमन्त्री बाबुराम भट्टराईले चीनलाई खुशी पार्ने एक कडीका रुपमा तिब्बती शरणार्थीमाथि ज्यादति गर्ने उपक्रम सुरु गर्न लागेको अनुभूति गरिएकै बेला प्रधानमन्त्रीकै गृहजिल्लाबाट तिब्बती पक्राउ पर्नुलाई संयोग मात्र मान्न नसकिने लुम्बिनी फाउन्डेसनका अध्यक्ष सिद्धार्थ गौतमको धारणा छ ।

स्मरण रहोस्, नेपाली भुमि प्रयोग गरी ‘फ्रि तिब्बत’ आन्दोलन चर्काउने तिब्बती शरणार्थीको योजना रहेको भन्नेलगायतका एजेण्डा तोकेरै हिजो सोमबारदेखि चीनको राजधानी बेइजिङमा नेपाल–चीन सचिवस्तरीय बैठक सुरुभएको छ । उक्त बैठकमा भाग लिन गत शनिबार गृहसचिव सुशीलजंग राणाको नेतृत्वमा सात सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री