जीटिभीको रियालिटी शो सारेगमपमा मनीषा पोखरेल

१९ भाद्र २०७५, मंगलवार २२:५७ मा प्रकाशित

काठमाडौँ । युवा गायिका मनीषा पोखरेल नेपाली सुगम संगीत तथा चलचित्रको पाश्र्व गायनका लागि परिचित नाम हो । दर्जनौं नेपाली गीतकी यी गायिका यतिबेला आफ्नो भाग्य परीक्षण गर्ने क्रममा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । जीटिभीबाट प्रसारण हुने गायनमा आधारित रियालिटी ‘शो सा रे ग म प’ को पहिलो चरणको अडिसनमा उत्तीर्ण भएपछि उनी त्यसपछिको अडिसनका लागि दिल्ली पुगेकी हुन् ।
मनीषा काठमाडौंबाटै दिएको भिडियो अडिसनमा उत्तीर्ण भएपछि अघिल्लो चरणमा प्रवेश गरेकी हुन् । ‘दिल्ली आएपछि थप दुईवटा अडिसन पार गरिसकेकी छु, मनीषाले भनिन्, ‘चौथो चरणको अडिसनमा उत्तीर्ण भएँ भने मुम्बईमा हुने प्रतियोगिता सहभागिता जनाउनेछु ।’

यस अघि दिल्ली अडिसनमा मनीषासँगै गायिका सञ्जिता सिंह, सुुष्मा विश्वकर्मा, गायक बेनुप क्षेत्रीसहित झन्डै एक दर्जन नेपाली गायक–गायिकाले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ