आप्रबासीबारे भएका प्रदर्शनमा १८ जना घाइते

१८ भाद्र २०७५, सोमबार ००:१५ मा प्रकाशित

जर्मनी, १७ भदौ (एएफपी)। जर्मनीको चेम्निज शहरमा कट्टर दक्षिणपन्थी आप्रबासी विरोधी र समर्थक समूहहरूले गरेका प्रदर्शनमा १८ जना घाइते भएका छन् ।

गत आइतबार शङ्कास्पद एक सिरियाली र एक इराकी नागरिकले चक्कू आक्रमण गरेको भन्ने समाचारलाई लिएर चेम्निज हप्ताभर अशान्त रह्यो ।

पूर्वी जर्मनीमा रहेको दक्षिणपन्थी दल एएफडी र इस्लाम धर्म विरोधी पिइजीआइडीएले हजारौँको सङ्ख्यामा प्रदर्शन गरेका थिए ।

तर उक्त प्रदर्शनको विरोध गर्दै कम्युनिस्ट प्रभाव रहेको शहरमा ग्रीन पार्टी र सोसल डेमोक्रेटिक पार्टीका सांसदहरूले नै नेतृत्व गरेको प्रदर्शनमा जातियता र धर्मको आधारमा कसैलाई समर्थन र विरोध गर्नु गलत हुने भन्दै सोही सङ्ख्यामा शान्तिपूर्ण ¥याली निकालिएको थियो ।

प्रहरीले दुबै समूहमा दश हजारभन्दा बढीको सङ्ख्यामा सहभागीता रहेको जनाएको छ । उनीहरूबीच झडपका घटनाहरू भएपछि प्रहरीले बल प्रयोग गरेका थियो ।

प्रदर्शनपछि पक्ष विपक्षमा साना समूहमा विवाद हुँदा भएका घटनामा केही नागरिक घाइते भएको प्रहरीले जनाएको छ ।

समाजवादी पार्टीका सांसद सोयरेन बार्तोलले मावर्ग समुदायमाथि नाजीले आक्रमण गरेकाले प्रतिकारका क्रममा केही आफ्ना साथीहरू पनि घाइते भएका बताउनुभयो । शान्तिपूर्ण प्रदर्शनपछि बस चढ्न स्टेसनतर्फ हिँडेको समयमा घटना भएको उहाँले बताउनुभयो ।

प्रहरीले कम्तीमा ३७ सम्भावित भडपका घटनालाई टारेको र केही मानिस घाइते भएको आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

चेम्निज शहरबाट टाढा एक जना अफगानी नागरिकलाई नकावधारी चार जनाको समूहले आक्रमण गरेको जनाउँदै उनीहरू प्रदर्षनकारी भए नभएको प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९