रेडक्रसका महासचिव एलहाज याज सोमबार नेपाल आउँदै

१८ भाद्र २०७५, सोमबार ००:०९ मा प्रकाशित

काठमाडौँ, १७ भदौ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा सोमबार नेपाल आउँदै हुनुहुन्छ ।

महासङ्घमा विश्वका १९० देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी आबद्ध छन् । नेपालमा विसं २०७२ वैशाख १२ को भूकम्पपछि महासङ्घले अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहायता एवं सेवा जुटाउन आह्वान गरेको थियो ।

सो आह्वानसँगै महासचिव सीले नेपाल भ्रमण गरी भूकम्पपछिको रेडक्रसकर्मीले गरेका खोज, उद्धार तथा राहत तथा पुनःस्थापनाका बारेमा जानकारी लिनुभएको थियो । नेपाल रेडक्रस सोसाइटीको निमन्त्रणमा आउन लाग्नुभएका सीले विशेष गरी भूकम्पपछि सोसाइटीले गरेका मानवीय सेवा एवं अन्य विविध कार्यक्रमबारे जानकारी लिनुहुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसित महासचिव सीले द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम छ । साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उच्च सरकारी अधिकृत, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिलगायत नेपाल रेडक्रसका उच्च नेतृत्वसंँग महासचिव सीले द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको नेपाल रेडक्रसका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

सेनेगलका नागरिक महासचिव सी मानवीय सेवा र विकासका क्षेत्रमा ख्यातिप्राप्त हुनुहुन्छ । सञ्चार विभाग प्रमुख पौडेलका अनुसार सीले आफ्नो भ्रमणका क्रममा सिन्धुलीमा भूकम्पपछि भएका पुनःनिर्माणका गतिविधिबारे स्थलगत रुपमा अवलोकन गर्नाका साथै नेपाल रेडक्रसको स्थापनाको ५६ आँै स्थापना दिवस तथा अन्य कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

भूकम्पपछि नेपाल रेडक्रसले भूकम्प अतिप्रभावित १४ जिल्लामा आवास पुनःनिर्माण, सरसफाइ तथा खानेपानी, आयआर्जनलगायत क्षेत्रमा सहयोग गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी