एकै दिन अर्ब बढीको शेयर सूचीकृत

१८ भाद्र २०७५, सोमबार ००:०६ मा प्रकाशित

काठमाडौँ, १७ भदौ । धितोपत्र बजारमा विभिन्न पाँच कम्पनीको एक करोड ७० लाख तीन हजार ८३ कित्ता शेयर सूचीकृत भएको छ । ती शेयरको मूल्य रु एक अर्ब ७० करोड बराबरको रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सिटिजन बैँक इन्टरनेशनलको चार लाख ६३ हजार ८२६ कित्ता शेयर थप सार्वजनिक निस्काशन, सूर्य लाइफ इन्स्योरेन्सको २८ लाख ८७ हजार ५०० हकप्रद शेयर सूचीकृत भएको छ ।

यस्तै कुमारी बैँक लिमिटेडको एक करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद शेयर तथा युनाइटेड फाइनान्स कम्पनीको १२ लाख ७८ हजार १३९ कित्ता बोनस शेयर र मञ्जुश्री फाइनान्स लिमिटेडको चार लाख ३४ हजार ६२७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी

तनहुँको बन्दीपुर गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कन नतिजा सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता