नेपाली लोकतान्त्रिक मञ्च स्पेनको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न

९ श्रावण २०६९, मंगलवार ०३:४६ मा प्रकाशित

राजु भट्टराई , स्पेन – नेपाली लोकतान्त्रिक मञ्च स्पेनको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । उदघाटन सभा, बन्द सत्र र रात्री भोजसहित घोषणा सभा गरी तीन चरणमा विभाजित सो अधिवेसनको उद्घाटन पुर्व गृहमन्त्री तथा नेकपा एमाले प्रवास क्षेत्र संयोजक कमरेड भिम रावलले पानसमा बत्ति बालेर गर्नु भएको थियो ।

सोहि कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पुर्व प्रधानमन्त्रीका सल्लाहाकार प्रकाश ज्वाला, नेपालका लागि कन्सुलर लुइस वेल्भिश, एन डी एफ युरोप तदर्थ समिति संयोजक कमरेड योगेन्द्र शाही, उद्योगपति राफेल भिनाश पित्चाको अतिथ्य रहेको थियो ।

त्यसैगरी एन.डी. एफ स्पेनको निमन्त्रणलाई स्वीकार गरि युरोपका विभिन्न देशबाट एन. डी. एफको प्रतिनिधित्व रहेको थियो । जसमा एमाले बेल्जियम कमिटीका अध्यक्ष तथा एन. आर. एन बेल्जियमका महासचिव रवि कुमार बरुवाल, एन. डी. एफ. बेल्जियमका अध्यक्ष इन्द्र प्रसाद वली, एन. डी. एफ जर्मनीका अध्यक्ष कमरेड नवराज तथा एन. डी. एफ डेनमार्कका अध्यक्ष कृष्ण प्रसाद पौडेल हुनु हुनुहुन्थ्यो ।

त्यसैगरी, स्पेनमा रहेका नेपाली संगठन जस्तै नेपाली जनसम्पर्क समितिबाट शालिकराम डुम्रे, प्रगतिशील मंचबाट महेश्वर कंडेल , चितवन समाजबाट विनोद ढकाल र गुरुङ समाजबाट जोय्तो गुरुङ सो अधिवेसनमा अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो ।

कार्यक्रमको पहिलो चरणको समापन नेताहरुको शुभकामना मन्तव्य र जनकलाकार दीपा गुरुङ, निश्मा गुरुङ, रोस्टी गुरुङ, आस्मा गुरुङ र राजेन्द्र लम्सालका राष्ट्रिय भावनाले ओतप्रोत गित तथा नृत्य दुआरा भएको थियो ।
कार्यक्रमको दोस्रो चरण बन्दसत्र सोहि सभाकक्षमा संगठनका प्रतिनिधि र परिवेक्षकका बिचमा संगठनकका निवर्तमान महासचिव दीपक खरेल र कोषाध्यक्ष दीपा गुरुङ दुआरा प्रस्तुत प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनमा गहन छलफलगरि सर्वसम्मतिले पारित भएको थियो । सो सत्रको प्रतिनिधि मण्डलले आगामी कार्यकालका लागि प्रस्तुत गरेको १९ सदस्य कार्यसमिति र ७ सदस्य सल्लहाकार समितिको प्रस्तावित नामावली माथि गम्भीर छलफल गरि सर्वसम्मति द्वारा ध्वनीमतले पारित गरेको थियो ।

नया समिति यस प्रकार रहेको छ अध्यक्ष मुक्त बहदुर गुरुङ, उपाध्यक्ष हेम शेर्पा , महासचिव दिनेश गुरुङ , सचिव (१ ) तथा संगठन बिभाग प्रमुख राजु भट्टराई, सचिव (२) तथा प्रचार प्रसार बिभाग प्रमुख शिव कुमार लामिछाने कोषाध्यक्ष दीपा गुरुङ, सदस्य हरुमा लक्ष्मण शर्मा (प्रमुख युवा बिभाग), गम बहादुर गुरुङ, राम प्रसाद कंडेल, हेम प्रसाद पाण्डे, प्रकाश पौडेल, दिनेश राज रेग्मी, हेमन्त राना भाट, शंकर राज बराल, शर्मिला सुबेदी , हरि वि.क, मन बहादुर रोक्का, अमर राना र वांग चुंग शेर्पा । त्यस्तै सल्हाकार समिति यस प्रकार रहेको छ – अध्यक्ष तथा सामजिक संस्था प्रमुख दीपक खरेल, सदस्य नेत्र नारायण शर्मा, राजु बस्नेत, भिम कुमार श्रेष्ठ , राजेन्द्र राज पाण्डे शिव गौतम ।
कार्यक्रममा कलाकार तथा संगठनलाई बिशेष सहयोग पुर्याउने व्यक्तिहरुलाई भिम रावलद्वारा प्रसंशा पत्र प्रदान गरिएको थियो । जसमा संचालक ओला नेपाल रेस्त्रौरेंत, कृष्णराम राना भाट, उमानाथ बराल संचालक युनाटेद ओफ्फ्सेट प्रेस,निवर्तमान महासचिव दीपक खरेल हुनु हुनुहुन्थ्यो ।

कार्यक्रमको समापनमा अतिथिहरुलाई निवर्तमान अध्यक्ष र महासचिवद्वारा मायाको चिनो प्रदान गरि अतिथि तथा प्रतिनिधि परिवेक्षकहरुलाई ओला नेपाल रेस्त्रोरेंतमा रात्री भोजको व्यवस्था गरिएको थियो

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र