जापानमा एनआरएनको सामुहिक लगानीको बारेको सेमिनार सम्पन्न

९ श्रावण २०६९, मंगलवार ०३:४३ मा प्रकाशित

भरत गौतम, फुकुओका । फुकुओका नेपाल सोसाइटी, एनआरएन क्युशु र नेसाजको संयुक्त आयोजनामा फुकुओकामा आयोजना भएको जापान अध्यागमनको जुलाई ९ तारीख बाट लागु भएको नयाँ नियमावली सम्बन्धि साथै एनआरएनको सामुहिक लगानीको बारेको सेमिनार सफलताको साथ सम्पन्न भएको जानकारी कार्यक्रम संयोजक तथा फुकुओका नेपाल सोसाइटीका अध्यक्ष भरत राज गौतमले दिनु भएको छ । कार्यक्रम २२ तारिक दिउसो १:१५ बाट फुकुओका च्युओ सिमिन सेन्टर आकासाकामा भएको थियो र उक्त सेमिनारमा फुकुओकामा रहेका नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्त्व फुकुओका नेपाल सोसाइटीका अध्यक्ष भरत राज गौतमले गर्नु भएको थियो भने प्रमुख आतिथि फुकुओकाको लागि नेपाली महाबाणिज्य दुत हिनोकुमा मित्सुहिकोले कार्यक्रम उद्घाटन गर्नु भएको थियो । पहिलो चरणमा जापानिज विज्ञ आओसाकि इचुरोले अध्यागमनको नयाँ नियम सम्बन्धि प्रिजेन्टेशन गर्नु हुँदै, अहिले रहेको बिदेशी नागरिकको लागि एलिएन रजिष्ट्रेशनको कार्डको सट्टामा नयाँ नियम अनुसार आवासीय कार्ड बितरण हुने कुरा बताउनु भयो ।
उक्त आवासिय कार्ड नव आगन्तुक पर्यटक बाहेकका बिशेष उदेश्य अनुसार जापानको प्रवेषाज्ञा अनुमति प्राप्त गर्ने बिदेशीहरुलाई बिमानस्थलबाट प्रवेश गर्नेबेलामा बितरण गरिने प्रावधान रहेको बताउनु भयो । जापान भित्रै रहेका बिदेशिहरुको हकमा भने,भिषा थप तथा भिषा परिवर्तन गर्ने बेलामा अध्यागमन बिभाग उक्त कार्ड जारि गर्ने नियम रहेको बताईएको छ, पुन प्रवेस अनुमति पत्र (रिईन्ट्रि प्रमिसन) को लागि १ बर्षको लागि लिनु नपर्ने ब्यबस्था गरेको छ साथै १ बर्ष भन्दा बढि जापान छोड्नेको लागि भने पहिलाको जस्तै पुन प्रवेस अनुमति पत्र लिनुपर्ने छ साथै भिषाको समय अबधि पनि भिषाको क्याटगरि अनुसार अधिकतम ५ बर्ष पाउन सकिने त्यसको लागि जापानमा राम्रो काम र राम्रो संग पढेर ५ बर्षे भिषा को लागि योग्य हुन अनुरोध गर्नु भयो ।
त्यसपछि जापान पुलिस बाट प्रतिनिधि फुनाकोसीले जापानको ट्राफिक रुल, यहाँ हुने दुर्घटना, अपराध र नेपालीको संलग्नता बारेमा जानकारी दिनुहुँदै आउँदा दिनमा नेपाल र नेपालीको इज्जत राखेर आफ्नो जापान बसी सफल र सुन्दर बनाउन अनुरोधको साथै सुभकामना दिनु भयो ।
राष्ट्रिय गान बाट शुरुआत गरिएको उत्त कार्यक्रमको अतिथिहरुमा एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, एनआरएन आइसिसि का कोषाध्यक्ष भबन भट्ट, एनआरएन आइसिसि एशिया प्यासेफिक उपसम्योजक किरण बिक्रम थापा, एनआरएन आइसिसि सामुहिक लगानी टास्क फोर्से जापानका संयोजक महेश श्रेष्ठ, फुकुओकाका समाजसेबी तथा अग्रज धर्मराज अधिकारी लगायतका अतिथिहरु र अन्य ठुलो मात्रामा नेपालीहरुको उपस्थिति रहेको थियो । यस जानाकारी मुलक कार्यक्रमको अन्तमा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने उपस्थित महानुभावहरुलाई आयोजकको तर्फबाट अध्यक्ष भरत राज गौतमले धन्यबाद ज्ञापन गर्दै पहिलो चरणको कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिब मोति प्रसाद श्रेष्ठले गर्नु भएको थियो भने टेक्निकल्ली संस्थाका कोषाध्यक्ष दिपक देवकोटाले सहयोग गर्नु भयको थियो ।

साथै पहिलो चरणको कार्यक्रमको समाप्तिपछि लगत्तै एनआरएनको सामुहिक लगानीको बारेमा अतिथिहरुमा एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, एन आर एन आइसिसि का भबन भट्ट, एन आर एन आइसिसि एशिया पासेफिक उपसंयोजक किरण बिक्रम थापा, एन आर एन आइसिसि सामुहिक लगानी टास्क फोर्से जापान संयोजक महेश श्रेष्ठ लगायतका अतिथिहरुहरुले एनआरएनको सामुहिक लगानी बारेमा जानकारी दिनु साथै उपस्थित हरुको प्रश्न को जबाफ दिनुभएको थियो । एनआरएन क्युशुका संयोजक सन्तोष पौडेलको सभापतित्वोमा भएको कार्यक्रमको संचालन संस्थाका सचिब बद्रि पौडेल र स्वागत मन्तब्य उपसंयोजक मदन पौडेलले दिनुभएको थियो । कार्यक्रममा नेपालको जलबिधुत, फास्ट ट्रैक छिटै संचालनमा आउन लागेको नेपालबाट अन्तर्राष्ट्रिय हवाई सेवा BB एअर बारेमा कसरी, किन लगानी गर्ने भन्ने बारेमा जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र