एशिया कप छनोट क्रिकेट: नेपाल ओमानसँग पराजित

१३ भाद्र २०७५, बुधबार २२:०२ मा प्रकाशित

काठमाडौँ, १३ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । ओमानका लागि खवार अलीले अविजित ८४ रन बनाए । उनले ९६ बल खेल्दै ४ छक्का र ६ चौका हाने । कप्तान जीसन मक्सुदले अविजित ४५, भैभव वाटेगोन्करले ४१ तथा जतिन्दर सिंहले ३० रनको योगदान दिए ।

बलिङतर्फ कप्तान पारस खड्का एक विकेट लिए । त्यसअघि टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो । सागर पुनले ८३ रन बनाए । ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६ तथा करण केसीले अविजित २६ रन बनाए । ओमानका विलाल खान, मोहम्मद नदिम र अजय लालचेताले दुई÷दुई विकेट लिए ।

आजै सम्पन्न अर्को खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई २१५ रनले पराजित ग¥यो । प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमान, युएई, सिङ्गापुर र हङ्कङ सहभागी छन् । प्रतियोगिताको उत्कृष्ट टोलीले यही भदौ ३० गतेदेखि युएईमा हुने एशिया कपमा खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार

नयाँ दिल्ली । गएराति सम्पन्न आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा