ललितपुर बन्द फिर्ता

८ श्रावण २०६९, सोमबार २०:२८ मा प्रकाशित


काठमाडौं, ८ साउन । सरकारले माग पूरा गर्ने आश्वासन दिएपछि तीनदिने ललितपुर बन्दको भोली अन्तिम दिनको बन्द आन्दोलनकारीले फिर्ता लिएका छन् । थापाथलीका सुकुम्बासीलाई जबर्जस्ती सुन्दरीघाटमा सुकुम्बासी राख्ने सरकारी निर्णय फिर्ताको माग राखेर ललितपुरबासी केही समययता आन्दोलनमा छन् भने हिजो आइतबारदेखि तीनदिने बन्द कार्यक्रम आयोजना गरिएको थियो । भोली मंगलबार नागपञ्चमीसमेत परेकोले पनि आन्दोलनका कार्यक्रम फिर्ता लिएको संघर्ष समितिका सदस्य सूर्यमान महर्जनले जानकारी दिए । सरकारले वार्तामा बोलाएकाले भोली मंगलबारकै दिन वार्ता हुन सक्ने सम्भावना रहेको उनले बताए । वार्ता नभई मागको बेवास्ता गरेमा योभन्दा कडा आन्दोलनमा उत्रने पनि उनले जानकारी दिए । सरकारले सुन्दरीघाटमा थापाथलीबाट विस्थापित २३ सुकुम्वासी परिवारलाई बसाउन टहरा निर्माण गरेपछि स्थानीयले त्यसको बिरोधमा आन्दोलन थालेका हुन् ।
बन्दको दोस्रो दिन आज धोविघाटमा बन्दकर्ता र प्रहरीबीच झडप भयो भने प्रहरीले अश्रगग्यास समेत प्रहार गरेको छ । सोमबार सहरभित्र र चक्रपथमा समेत सवारी चलेनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका