मधेसी पत्रकार र मन्त्रालयबीच वार्ता

८ श्रावण २०६९, सोमबार १८:१५ मा प्रकाशित

काठमाडौं, ८ साउन । सञ्चार माध्यमको संरचना तथा विषय वस्तुलाई समावेशी बनाउन माग गर्दै गत साउन २ गतेदेखि रिले अनसनमा बसेका मधेसी पत्रकार र सूचना तथा सञ्चार मन्त्रालयबीच आज भएको वार्ता पुनः बस्नेगरी स्थगित भएको छ ।

मधेसी पत्रकारका मागमा मन्त्रालयले गृहकार्य गरी पुनः वार्ता गर्ने सहमति भई वार्ता स्थागित भएको हो ।

सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले मन्त्रालय समावेशीकरणको मागप्रति सकारात्मक रहेको बताउनुभयो ।

मधेसी पत्रकारका करिब २७ वटा संस्थाले सञ्चारमाध्यमका समाचारकक्ष तथा प्रसारण÷प्रकाशनका सामाग्रीलाई समावेशी बनाउनका लागि मन्त्रिपरिषद्बाट अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् ।

मधेसका एफएम स्टेसनहरू इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन( आइटियु) मा दर्ता गराउने तथा सरकारी सञ्चारमाध्यमको सञ्चालक समिति, पदपूर्ति समिति, नीति, समाचार कक्ष, प्रकाशन÷प्रसारण लगायतका पक्षहरू तत्काल समावेशी गर्न पनि माग पनि गरिएको छ ।

त्यस्तै निजी सञ्चारमाध्यमको हकमा समावेशी नीति तर्जुमा गर्ने, मधेसमा पत्रकारिता प्रशिक्षण केन्द्रहरूको स्थापना गर्ने, उच्च शिक्षाका लागि सरकारद्वारा छात्रवृत्तिको व्यवस्था गर्ने, सञ्चारमाध्यमको वर्गीकरण तथा नवीकरण गर्दा ती सञ्चारमाध्यमले समावेशी चरित्रको भएको सुनिश्चित गर्ने माग पनि राखिएको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मधेसी पत्रकारहरुका मागप्रति एक्यबद्धता जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान