प्रहरी उपरीक्षक विष्ट निलम्बनमा

१० भाद्र २०७५, आईतवार ००:४६ मा प्रकाशित

काठमाडौँ, ९ भदौ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी उपरीक्षक डिल्लीराज विष्ट निलम्बनमा परेका छन् । गृह मन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले निर्मला पन्त हत्याकाण्डपछि प्रहरी प्रधान कार्यालय बोलाइएका विष्टलाई घटना अनुसन्धान अवधिभर निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

बैठकले प्रहरी नायब उपरीक्षक सेठी र जिल्ला प्रहरी कार्यालयका मुद्धा शाखाका प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई छानबिनका लागि केन्द्रमा बोलाउने निर्णय गरेको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्