निजी विद्यालयलाई व्यवस्थित गर्न रिट दायर

८ श्रावण २०६९, सोमबार १८:१४ मा प्रकाशित

काठमाडौँ, ८ साउन । निजी विद्यालयमा लिइने शुल्क नियन्त्रित गर्न र विभिन्न देश र स्थानका नाममा खोलिएका त्यस्ता विद्यालयलाई व्यवस्थित गर्न कडा कानुन बनाउन माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

अधिवक्ताद्वय राजकुमार राना र दयाराम हुमागाईंले दायर गर्नुभएको सो रिटमा निजी विद्यालयका नाममा विकृति र विसङ्गती बढ्दै गएको, सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्या कम भई विद्यालय बन्द हुने अवस्थामा पुगेको तर निजी विद्यालयलाई व्यवस्थित गर्न विद्यमान कानुन पर्याप्त नभएकाले कडा कानुन बनाउनुपर्ने माग गरिएको हो ।

सो रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, कानुन तथा न्याय मन्त्रालय, उच्च माध्यमिक शिक्षा परिषद् र उच्च माध्यमिक विद्यालय सङ्घलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको